२०८३ साउन ११ सोमबार

चेम्वर प्रतिनिधिमण्डलद्वारा भारतीय पक्षसँग छुट्टाछुट्टै भेटवार्ता, चेम्वर अध्यक्ष भियतनाम प्रस्थान

ई आर्थिक    सोमबार, चैत्र २६ २०७४
2.9K
Shares
चेम्वर प्रतिनिधिमण्डलद्वारा भारतीय पक्षसँग छुट्टाछुट्टै भेटवार्ता, चेम्वर अध्यक्ष भियतनाम प्रस्थान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँंग भारत गएको नेपाल चेम्वर अफ कमर्सको टोलीले भारतको दुई छुटाछुटै व्यवसायिक पक्षसँंग भेटवार्ता गरेको छ । भारतस्थित पीएचडी चेम्वर अफ कमर्स र वाजमे टोलीसँंग छुटाछुटै भेटवार्ता गरेको हो ।

पीचडी चेम्वर अफ कमर्ससँंगको भेटवार्तामा दुई देशवीचको व्यापार तथा लगानी प्रबद्र्धनको विषयमा छलफल भएको थियो । साथै वाजमेसँंगको भेटवार्तामा साना तथा मझौला उद्योगको विकासका लागि क्षेत्रीयस्तरमा संयुक्त रुपमा गर्न सकिने कार्यहरुकोबारे छलफल भएको थियो ।
भेटवार्तामा नेपाल चेम्वर अफ कमर्सका उपाध्यक्षहरु दीपककुमार मलहोत्रा, ईच्छाराज तामाग, नरेश श्रेष्ठ, कार्यसमिति सदस्यहरु डा अन्जान शाक्य, भीमलाल पौड्याल, निरज राईलगायतका सहभागी रहनुभएको थियो ।

यसैबीच भियतनाम एक्स्पोमा सहभागी हुन नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय एक प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको छ ।

अप्रिल ११ देखि १४ (चैत्र २८ गतेदेखि वैशाख १ गते) सम्म हुने चार दिने २८ औ भियतनाम इन्टरनेशनल ट्रड फेयर (भियतनाम एक्स्पो) मा सहभागी हुन चेम्वरसहितको टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

एक्स्पोमा नेपालकातर्फबाट लुम्विनी हाउस, मण्डला हाउस, यलँं ह्याण्डिक्राफ्ट, पायोनिर आर्ट इन्टरप्राइजेज, लपिस थान्का ग्यालरीलगायतका स्टलहरु रहने छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij