२०८३ साउन १० आइतबार

धर्म परिवर्तनबारे गृहमन्त्रीको गम्भीर टिप्पणीः किन उठाए मठमन्दिर र चर्चको कुरा ?

ई आर्थिक    मंगलबार, चैत्र २० २०७४
3K
Shares
धर्म परिवर्तनबारे गृहमन्त्रीको गम्भीर टिप्पणीः किन उठाए मठमन्दिर र चर्चको कुरा ?

उनले शान्ति सुरक्षाका लागि आफूले कसैसँग सम्झौता पनि नगर्ने उल्लेख गरे । ‘पहिले आफ्नो टाउकामा आफैँ आगो लगाउनुहोस्, त्यो मुढा भए बलेर खरानी बन्छ’, उनले व्यंग्यात्मक शैलीमा भने, ‘सुन भए झन् चम्किलो बन्छ, त्यसैलै पहिले आफू सुन हो कि मुढा हो पत्ता लगाउनुहोस् ।’

उनले तस्कर, माफिया र दलालले देश बर्बाद पारेका पनि उल्लेख गरे। ‘तिनलाई अब ठेगान लगाउँछौँ’, उनले भने, ‘गुण्डागर्दी र अपराधमा संलग्नलाई संरक्षण गर्न केही नेता, प्रहरी र कर्मचारीकै हात छ । अब त्यो स्वीकार्य हुने छैन ।’

कार्ययोजना सार्वजनिक गर्नेक्रममा मन्त्री थापा यातायातमा सिन्डिकेट लाउनेविरुद्ध खरोरुपमा प्रस्तुत भए । ‘सिन्डिकेट जसरी पनि तोडिन्छ । मैले सुनेको छु सिन्डिकेटवालाहरु हेरौंला भन्दै हिंडेका छन् रे । अब बोल्ने मात्रै होइन काम गरेर पनि देखाउँछु’, उनले भने ।

मन्त्री थापाले देश लुट्ने गिरोह देश बाहिर मात्रै नभएर भित्र पनि रहेको उल्लेख गर्दै हुण्डी कारोबारीलाई कारबाही गर्न गृह प्रशासन कठोररुपमा उत्रने बताए । थापाले धर्मका नाममा समेत मुलुकलाई अस्थिरतातर्फ धकेल्ने तत्व हावी भएको प्रष्ट पारे । ‘मैले सुनेको छु । सन् २०२५ सम्म नेपालमा भएका सबै मठ मन्दिर भत्काएर चर्च बनाउने योजना छ रे’, उनले भने, ‘जातजातिको नाममा होस वा अखण्डको नाममा होस वा धर्मको नाममा मुलुकलाई विखण्डन गराउन हावी भइरहेका तत्वलाई नियन्त्रण गर्न गृह प्रशासन कठोर भएर लाग्छ ।’

जेल यातना गृह नभएर सुधार गृहको रुपमा रुपान्तरण गर्न गृह प्रशासन दृढ भएर लाग्ने पनि बताए । जेलर र प्रहरीकै मिलेमतोमा जेल भित्रै कैदीबन्दीले अपराध गर्दै आएको उल्लेख गर्दै थापाले भने, ‘जेल भित्रका नाइके बाहिर निस्किेपछि मर्सिडिज गाडी चढेर हिंड्छन् रे । एक किलो चिनीकै दुई सय रुपैयाँ लिन्छन् रे । यो कसरी सम्भव छ ? अपराधीले जेलमा जेलरलाई हप्ता बुझाउँछन् रे । अब त्यो हुँदैन । सबै सुधार हुन्छ ।’

अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij