२०८३ भाद्र २९ सोमबार

गोसाइँकुण्डमा ड्रोन क्यामेरा लान निषेध

ई आर्थिक    सोमबार, चैत्र १२ २०७४
3.3K
Shares
गोसाइँकुण्डमा ड्रोन क्यामेरा लान निषेध

माउण्ड एडभेञ्चर होलिडेजमार्फत गोसाइँकुण्ड जान लागेका एक अमेरिकी पर्यटकले आफ्नो साथमा ल्याएको ड्रोन क्यामेरा लाङटाङ राष्ट्रिय निकुञ्जको धुञ्चेस्थित सुरक्षा जाँच चौकीले आइतबार रोकेको पथ प्रदर्शक पासाङ शेर्पाले बताउनुभयो ।

उक्त क्यामेरा लान नपाइने पूर्व जानकारी नहुँदा पर्यटकमाझ खल्लोपना बढेकाले यस्ता निषेधित चिजको जानकारी पदयात्रा पर्यटनको छाता संस्था ट्रेकिगं एजेन्सीज् एशोसियशन अफ नेपाल९टान०मार्फत उपलब्ध भएमा आगामी दिनको यात्रा सहज हुने अपेक्षा गरिएको पथ प्रदर्शक शेर्पाले सुझाव दिनुभयो ।

सो ड्रोन क्यामेराले रिमोटको सहायताले ५०० मिटर माथि गई श्रव्यदृश्य कैद गर्न सक्ने बताइएको छ ।

लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीका अनुसार साधारणबाहेक त्यस्ताखाले कुनै पनि क्यामेरा लान गृह मन्त्रालय र राष्ट्रिय निकुञ्ज विभागको स्वीकृत चाहिने र पर्यटकबाट राखिएको ड्रोन क्यामेरा ती पर्यटक गोसाइँकुण्डबाट फर्र्किएपछि फिर्ता दिइने छ ।

लाङटाङ राष्ट्रिय नीति नियमको अधिनमा रही पर्यटकलाई दिन सकिने सेवामा कुनै कन्चुस्याइँ नगरेको समेत प्रमुख संरक्षण अधिकृत रेग्मीले बताउनुभयो । –रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij