२०८३ साउन ११ सोमबार

सेञ्चुरी बैंकले पाँचवटा शाखा थप्यो, ग्रामीण भेगका जनता माझ बैंकिङ पहुँच बढाउँदै जाने

ई आर्थिक    बुधबार, फाल्गुन ९ २०७४
2.6K
Shares
सेञ्चुरी बैंकले पाँचवटा शाखा थप्यो, ग्रामीण भेगका जनता माझ बैंकिङ पहुँच बढाउँदै जाने

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले देशको ग्रामीण भेगका जनता माझ बैंकिङ्ग पहुंच पु¥याउने सरकार तथा नेपाल राष्ट्र बैंकको लक्ष्य बमोजिम विभिन्न ५ स्थान स्थानमा शाखा विस्तार गरेको छ ।

यस क्रममा खोटाङ्ग जिल्लाको लामिडाँडा गाउँपालिका, अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका, रुकुम जिल्लाको आठबिसकोट नगरपालिका, मोरङ्ग जिल्लाको ग्रामथान गाउँपालिका र सर्लाही जिल्लाको गोडैटा नगरपालिकामा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । सो शाखा कार्यालयहरु बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठज्यूले केन्द्रिय कार्यलयबाट शुभारम्भ गर्नुभयो ।

२०६७ फाल्गुण २६ गते काठमाण्डौंको पुतलीसडकस्थित प्रधान कार्यालयबाट बैंकिङ्ग कारोवार सुरु गरेको यस बैंकले हालसम्ममा ९४ वटा शाखाहरुबाट ग्राहकवर्ग समक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij