२०८३ साउन ११ सोमबार

केएल मोबाइल हबमा अफरैअफरः एउटा मोबाईल किन्दा अर्को सित्तैमा, यस्ता छन् बम्पर अफरहरु

ई आर्थिक    बिहिबार, फाल्गुन ३ २०७४
9K
Shares
केएल मोबाइल हबमा अफरैअफरः एउटा मोबाईल किन्दा अर्को सित्तैमा, यस्ता छन् बम्पर अफरहरु

३ फागुन, काठमाडौं। राजधानीको चाबहिलस्थित केएल टावरको भूइँतलामा रहेको केएल मोबाइल हबमा एउटा मोबाईल किन्दा अर्को मोबाइल सित्तैमा दिने अफर शुरु भएको छ।

भ्यालेन्टाइन डेको विशेष अवसर पारेर शुरु गरीएको मोबाइल मेला फागुन १५ गतेसम्म चल्ने हबले जनाएको छ ।

अन्तर्राष्ट्रियस्तरको नेपालको सबैभन्दा ठूलो मल्टिब्राण्ड मोबाइल शोरुम रहेको केएल मोबाइल हबले आफ्ना ग्राहकहरुलाई मोबाइल खरिदमा विशेष छुट तथा उपहार योजनासहित मोबाइल मेला आयोजना गरेको हो । भ्यालेन्टाइन डेको अवसर पारेर आफ्ना मोबाइल ग्राहकहरुका लागि नयाँ अफर ल्याएको हबका सञ्चालक संगम राईले जानकारी दिए । ‘बाइ वान गेट वान फ्रि’ अफर सहितको मोबाइल मेलाले ग्राहकहरु बिशेष लाभान्बित हुने राईको भनाइ छ । उनका अनुसार हबमा दिनहु ग्राहकहरुको उल्लेख्य सहभागीता बढीरहेको रहेको छ ।

विश्व बजारमा पाइने २३ भन्दा बढी मोबाइल कम्पनीका उत्पादनको कारोबार गरिने यस मोबाइल हबमा आईफोन, सामसङ, सोनी एक्सपेरिया, एचटीसी, जियोनी, ओप्पो, एमआइ, जेडटीई, हुवावे, कुलप्याड, लेनोभो, वान प्लस, नोकिया, कलर्स, मोटोरोला र ओबीआईका टच एन्ड फिल काउन्टरसमेत रहेको हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए ।

यि ब्राण्डका मोबाइलको खरिदमा पाईन्छ ‘बाइ वान गेट वान फ्रि’:

लेनोभो ए १००० को खरिदमा लेनोभो ए १००० सितैमा
लेनोभो के४ नोट को खरिदमा लेनोभो ए १००० सितैमा

जियोनी एस ६ को खरिदमा जियोनी ईलाईट ५.१ सितैमा
जियोनी ए १ लाइट को खरिद मा जियोनी ओट्टो किप्याड सितैमा

एचटीसीको मोबाइल खरिदमा जेबिएल ब्राण्डको मल्टी स्पीकर सितैमा

हुवावे आई वाई ५ २०१७को खरिदमा ओट्टो किप्याड सितैमा

जेडटीई एक्सोल मिनीको खरिदमा जेडटीई एल ५ सितैमा
जेडटीई एक्सोल ईलाइटको खरिदमा एल५ प्लस सितैमा

यस्तो छ अन्य अफरहरु:
मोबाइल हवले मेला अवधिभरी विभिन्न किसिमका खेल तथा अफरहरु सञ्चालन गरेको छ । जसमा गल्फ र डार्ट बोर्ड गेम जित्नेहरुले विभिन्न किसिमका उपहार तथा छुट पाउने छन् ।

गल्फको बल एक पटक स्कोर गर्नेलाई एउटा टेम्पर ग्लास र २ वटा सिनेमा टिकट, २ स्कोर गर्नेलाई मोबाइल खरिदमा ५० प्रतिशत छुट तथा ३ स्कोर गर्नेलाई खरिद गरिएको मोबाइल सित्तैंमा प्रदान गरिने प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए ।

साथै डार्ट बोर्ड खेलमा पनि गल्फमा जस्तै तीन किसिमका उपहारको व्यवस्था गरिएको छ ।

त्यसै गरी मेला अवधिभरी आयोजना हुने फोटो कन्टेस्टमा प्रथम र दोस्रो हुनेलाई क्रमशः ओप्पोको एफ फाइभ मोबाइल तथा भिभोकोे भि ७ मोबाइल प्रदान गरिने ग्लाइडरले जानकारी दिए ।

तस्बिर : सरोज राई

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij