२०८३ साउन ९ शनिबार

अन्तत: बम्जनलाई निकुञ्जको वन, वनमन्त्री विक्रम पाण्डेको ठाडो प्रस्तावमा धार्मिक वन घोषणा गर्दै बम्जनलाई दिइयो

ई आर्थिक    शनिबार, माघ २७ २०७४
5.5K
Shares
अन्तत: बम्जनलाई निकुञ्जको वन, वनमन्त्री विक्रम पाण्डेको ठाडो प्रस्तावमा धार्मिक वन घोषणा गर्दै बम्जनलाई दिइयो
अब्दुल्लाह मियाँ, माघ २७, २०७४, काठमाडौँ — सरकारले विश्वमै दुर्लभ पाटे बाघ, हात्ती र गैंडाको आश्रयस्थल पर्सा निकुञ्जको हलखोरिया क्षेत्रको महत्त्वपूर्ण वन तपस्वी रामबहादुर बम्जनलाई दिने निर्णय गरेको छ।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले पर्सा निकुञ्ज क्षेत्रभित्र पर्ने हलखोरियाको वन क्षेत्रलाई धार्मिक वन घोषणा गर्दै तपस्वी बम्जनलाई उपभोग गर्न दिने निर्णय गरेको हो। वनमन्त्री विक्रमपाण्डेले करिब १२ वर्षअघि बम्जनले तपस्या गरेको हलखोरियाको उक्त क्षेत्रलाई धार्मिक वनघोषणा गरी तपस्वीलाई दिने प्रस्ताव सरोकारवाला विभाग र निकुञ्जको रायबिनै मन्त्रिपरिषद्माठाडो प्रस्ताव लगेका थिए।

उक्त प्रस्तावमा निर्णय गराउन बम्जन निकटका व्यक्तिहरूले मन्त्री पाण्डेसहित प्रधानमन्त्रीशेरबहादुर देउवालगायत अन्य मन्त्रीहरूलाई समेत धेरै समयदेखि प्रभावमा पार्दै आएको स्रोतलेबतायो। त्यही प्रभावमा हतारहतार कामचलाउ सरकारले उक्त निर्णय गरेको हो। यसबारे वनसचिव डा. युवकध्वज जीसी र निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खडकासँग राय लिनखोज्दा सम्पर्कमा आउन चाहेनन्। वन मन्त्रालयका प्रवक्ता धनञ्जय पौडेलले उक्त वन क्षेत्रबम्जनलाई दिनेसम्बन्धी प्रस्तावबारे बेखबर रहेको बताए। ‘लौ निर्णय नै भइसकेछ?,’ प्रवक्तापौडेलले प्रश्न गरे, ‘प्रस्ताव कहिले लगियो र के लगियो भन्ने पनि मलाई थाहा छैन।’
निकुञ्ज क्षेत्रसँग सम्बन्धित प्रस्ताव तालुकदार निकुञ्ज विभाग हुँदै वन मन्त्रालय जानुपर्नेमासीधै मन्त्रालयबाट फाइल उठाएर मन्त्रिपरिषद् लगिएको एक अधिकारीले कान्तिपुरलाई बताए।वन क्षेत्र बम्जनलाई दिनेबारे पर्सा निकुञ्ज कार्यालयको समेत राय लिइएको छैन। निकुञ्जकाप्रमुख संरक्षण अधिकृत (चिफ वार्डेन) हरिभद्र आचार्यले व्यक्ति वा संस्थालाई वन क्षेत्र दिनेबारेआफूसँग राय नमागिएको बताए। ‘खोइ मैले पनि समाचारमा वन क्षेत्र दिइयो अरे भन्ने सुनें,’आचार्यले कान्तिपुरसित भने, ‘सबैले मलाई यसबारे प्रतिक्रिया मागिरहेका छन्, म बेखबर छु।’
बम्जन आबद्ध धार्मिक संस्थाले निकुञ्जको ‘कोर एरिया’ मा पर्ने करिब ७ सय हेक्टर वन मागगर्दै आएको थियो। मन्त्रिपरिषद्ले के कति वन क्षेत्र उपलब्ध गराएको भन्ने तथ्यांक सार्वजनिकगरिएको छैन। चिफ वार्डेन आचार्यले उनीहरूले हलखोरिया दहसहितको वन क्षेत्र माग गर्दैआएको बताए।बम्जनले तपस्या गर्दै आएको आश्रम, माने र अन्य संरचना यसअघि नै भत्काइएको छ। तैपनिउनीहरूले उक्त क्षेत्रमा जबर्जस्ती धार्मिक गतिविधि सञ्चालन गर्दै आएका थिए।
सरकारले २ वर्षअघि चितवन निकुञ्जको त्रिवेणीधाम क्षेत्रमा धार्मिकभिरु कमलनयनाचार्यलाई निकुञ्जको वन क्षेत्र हस्तान्तरण गरी निकुञ्जको सीमा नै बदलेको थियो। पर्सा निकुञ्जमा पनि त्यसैगरी धार्मिक वनका रूपमा वन क्षेत्र हस्तान्तरण गरिएको हो।तत्कालीन वनमन्त्री महेश आचार्यले बम्जनले तपस्या गर्दै आएको वन क्षेत्र र हलखोरियादहसहितको १ सय २८ वर्गकिलोमिटर क्षेत्रलाई पर्सा निकुञ्जमा समावेश गरेका थिए। त्यसअघिउक्त क्षेत्र वन कार्यालय, बाराले हेथ्र्यो। हलखोरिया दह क्षेत्रमा बाघ, गैंडा र हात्तीको राम्रोउपस्थिति देखिएपछि निकुञ्जले पछिल्ला ३ वर्षयता उक्त क्षेत्रको संरक्षणमा लगानी गर्दै आएकोछ।
दह क्षेत्र पर्यटकीय हिसाबले आकर्षक रहेको भन्दै मचान निर्माण गर्नेदेखि पोखरी सफागर्नेसम्मका काम एक वर्षअघि मात्र गरिएको थियो। उक्त क्षेत्रमा गस्ती र अनुगमन गर्न नेपालीसेना र कर्मचारीका लागि जुलोजिक सोसाइटी अफ लन्डन नेपाल (जेडएसएल नेपाल) लगायतकादातृ निकायको सहयोगमा भौतिक संरचनासमेत निर्माण गरिएको छ।  कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij