२०८३ साउन ११ सोमबार

बाटो बनाउँदा बनाउँदै ‘पुरातात्विक’ संरचना भेटियो

ई आर्थिक    बुधबार, पौस २६ २०७४
2.9K
Shares
बाटो बनाउँदा बनाउँदै ‘पुरातात्विक’ संरचना भेटियो
कपिलवस्तु – बाटो बनाउँदा बनाउँदै कपिलवस्तुमा ‘पुरातात्विक’ संरचना भेटिएको छ ।जिल्लाको कपिलवस्तु नगरपालिका–३ सिद्धार्थटोलमा बाटो बनाउनेक्रममा ‘पुरातात्विक’ संरचना भेटीएको हो । सदरमुकाम तौलिहवामा रहेको आँखा अस्पतालको छेउदेखि उत्तरतर्फ जाने बाटो खन्नेक्रममा इँटाले बनेको संरचना फेला परेका हुन् ।

फेला परेका इँटाका संरचनाहरु स्थानीयहरुको जग्गामा पाएका हुन् । भेटिएका संरचना पुरातात्विक महत्वका हुनसक्ने अनुमान गरिएको छ र संरचना भित्ता आकारमा रहेका छन् । संरचना भेटिएलगत्तै बाटो निर्माणसमेत रोकिएको छ ।

तिलौराकोटमा उत्खनन्मा संलग्न पुरातत्व विज्ञहरुको टोलीले सो संरचनाको स्थलगत अनुगमन गरेको छ । पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवरले आफूहरुले सिद्धार्थटोलमा भेटिएको संरचनाहरुको निरीक्षण गरेको र ‘हेर्दा पुरानो इँटाहरु देखिए पनि विस्तृत् कुरा अध्ययन गरेपछि मात्र थाहा हुने बताए ।

उतm स्थलको किनारमै प्राचिन कुवासमेत रहेको र केहि वर्षअघि सो कुवामा प्राचीन वस्तुहरु समेत भेटिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij