२०८३ साउन ११ सोमबार

महेश थापाको ‘नमोनमः’ व्यंग्य संग्रह प्रकाशित, मह जोडीले आज विमोचन गर्ने

ई आर्थिक    बिहिबार, पौस २० २०७४
4.2K
Shares
महेश थापाको ‘नमोनमः’ व्यंग्य संग्रह प्रकाशित, मह जोडीले आज विमोचन गर्ने

२०७४ पुस १९ बुधवार, काठमाडौं, पुस १९ । महेश थापाद्वारा लिखित व्यंग्य संग्रह ‘नमोनमः’ को विमोचन हुने भएको छ । आज पुस २० गते बिहीबार दिउँसो २ः४५ बजे बत्तीसपुतली काठमाडौंको शिल्पी थिएटरमा उक्त संग्रहको विमोजन हुने भएको हो । उक्त व्यंग्य सग्रहको विमोचन हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गर्ने बताइएको छ । ‘नमोनमः’ विमोचनलाई मञ्जरी पब्लिकेशनले प्रायोजन गरेको छ ।

लेखक थापा शारीरिक रुपमा अशक्त छन् । तर लेखक थापा व्यंग्यात्मक कलम चलाउने पोख्त मानिन्छन् । सामान्य रुपमा चल्ने एक हातको दुइ औंलाको सहायताले व्यंगात्मक रुपमा उनले कलम चलाउने गर्दछन् ।

सामाजिक तथा राजनीतिमा देखिएको विकृति विसंगति विरुद्ध थापाका व्यंगात्मक लेख लोकप्रिय मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij