नयाँदिल्ली, पुस ३ । भारत सरकारले घरेलु विद्युतीय उद्योगलाई बढावा दिन र बाहिरबाट आयातित उत्पादनको बिक्री घटाउने उद्देश्यले विद्युतीय उत्पादनहरू टेलिभिजन, मोबाइल फोन, वाटर हिटर र प्रोजेक्टरलगायतको भन्सार महसुलमा वृद्धि गरेको छ । राजस्व विभागअन्तर्गतको केन्द्रीय उत्पादन तथा सीमा शुल्क बोर्ड (सीबीईसी) ले एउटा सूचना जारी गर्दै शुल्क बढाउने निर्णय गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । सीबीईसीका अनुसार टेलिभिजनमा भन्सार महसुल १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याइएको छ ।
भन्सार शुल्क बढेसँगै भारतमा बाहिरबाट आउने विद्युतीय सामानको मूल्य बढ्ने निश्चित छ । यसले जाडोका समयमा उपभोक्ताहरूलाई चर्काे मूल्य तिर्नुपर्ने उपभोक्तावादीहरूको दाबी छ । एजेन्सी