२०८३ साउन ११ सोमबार

मतदान हुने दिन सार्वजनिक विदा, शैक्षिक संस्थालाई भने चार दिन विदा दिने निर्णय

ई आर्थिक    बिहिबार, मंसिर ७ २०७४
2.7K
Shares
मतदान हुने दिन सार्वजनिक विदा, शैक्षिक संस्थालाई भने चार दिन विदा दिने निर्णय

मंसिर ६, २०७४, काठमाडौं । आसन्न प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन हुने दिन सम्बन्धित जिल्लामा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।

आगामी आइतवार पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्ला र मंसिर २१ गते दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा सार्वजनिक विदा दिने निर्णय सरकारले गरेको छ । त्यसैगरी निर्वाचन हुने सम्बन्धित जिल्लाका शैक्षिक संस्थामा भने चार दिन विदा दिने निर्णय सरकारले गरेको छ । शैक्षिक संस्थामा चार दिन विदा दिनुपर्ने सुझाब निर्वाचन आयोगले दिएको थियो । अधिकांश मतदान केन्द्र स्कुल तथा कलेजमा स्थापना भएकाले चार दिन विदा दिने निर्णय भएको हो ।

पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा ७ गतेदेखि १० गतेसम्म र दोस्रो चरणमा निर्वाचन हुने बाँकी ४५ जिल्लामा मंसिर १८ गतेदेखि मतदानको दिन मंसिर २१ गतेसम्म शैक्षिक संस्थामा विदा दिने निर्णय भएको गृह मन्त्रालयको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij