२०८३ साउन १२ मंगलबार

नेशनल बैंकिङ र ग्लोवल आईएमईबिच सम्झौता, बैंकका कर्मचारीको कार्यदक्षता विकासका तालिमहरु दिइने

ई आर्थिक    बुधबार, कार्तिक २२ २०७४
2.1K
Shares
नेशनल बैंकिङ र ग्लोवल आईएमईबिच सम्झौता, बैंकका कर्मचारीको कार्यदक्षता विकासका तालिमहरु दिइने

काठमाडौं, २२ कार्तिक । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट लिमिटेड (एनबीआई) र ग्लोबल आइएमई बैंकबिच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार एनबीआईले ग्लोबल आइएमई बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।

सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटबाट ६१ लाख बराबर रकमको आफ्नो कर्मचारीहरुका लागि वार्षिक तालिम संचालन गराउने भएको छ ।

सम्भौतापत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेल र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij