२०८३ साउन ९ शनिबार

दैवी शक्तिको सुरक्षाका लागि नाचिने लठ्ठी नाच (फोटो फिचर)

ई आर्थिक    सोमबार, कार्तिक २० २०७४
5.8K
Shares
दैवी शक्तिको सुरक्षाका लागि नाचिने लठ्ठी नाच (फोटो फिचर)
मनिष खड्का , रुकुम, १८ कार्तिक । प्रसिद्ध धार्मिक स्थल रुकुम पश्चिमको डिग्रे शाइकुमारी मन्दिरमा हरेक वर्ष हरिबोधनी एकादशि देखि कार्तिक शुक्लपुर्णिमासम्म परम्परागत् डिग्रे मेला लाग्ने गर्दछ । यो वर्षपनि कार्तिक १४ गते हरिबोधनी एकादशी देखि सुरु भई शनिबार (आज) सम्म लागेको छ ।

द्धापर युगको अन्त्य तिरबाट सुरु भएको यो मेलालाई दैविक शक्ति संग जोडेर हेर्ने गरिन्छ । यस मन्दिरमा पुजापाठ, दर्शन तथा बोका वली दिएमा मनले चिताएको पुग्छ भन्ने धार्मिक जनविश्वास छ । सोही विश्वासका कारण यो मेलालाई यस क्षेत्रकै प्रसिद्ध मेलाका रुपमा लिईन्छ । यो मेला चर्चित हुनुको अर्को कारण छ लठ्ठी अर्थात सगाल नाच । मन्दिरको पूर्वतिर पर्ने साँख गाउँका मानिसहरु मेलाको अन्तिम दिन हातमा लठ्ठि लिएर मन्दिर परिसरमा लाग्ने भव्य मेलामा नाच्ने गर्दछन् ।

उनीहरु साँख गाउँबाटै बाजागाजा सहित हातमा लठ्ठि बोकेर नाच्दै डिग्रे मेला स्थल मुसीकोट ५ थर्पू सम्म पुग्ने गर्दछन् । मन्दिरमा पुगिसकेपछि डिग्रे शाइकुमारी भगवतिको दर्शन गर्दै उनिहरु मन्दिर भन्दा मुनिरहेको मन्दिर परिसरमा गएर नाच्ने गर्दछन् । मन्दिर मुनिको प्रांगनबाट उनिहरु पुनः मन्दिरमा पुगि दर्शन गर्दै चाच्ने गर्दछन् । ३, ४ पटक तलमाथि गर्दै नाचेपछि यो नाच समापन गर्ने गरिन्छ ।

यो नाच संगै मेला समापन भएको मानिन्छ । लठ्ठि समाएर एक अर्कामा लठ्ठि हानाहान गरेर नाच्ने गरेपनि कसैलाई चोटपटक भने लाग्ने गर्दैन् । यो नाच मेला सुरु भएदेखि नै नाच्ने गरिएको मेला व्यवस्थापन समितिले जनाएको छ ।

द्धापर युगको अन्त्य तिर उक्त ठाउँमा शाइकुमारी भगवती प्रकट भएर यस ठाउँलाई धार्मिक तथा शक्ति पिँठका रुपमा स्थापित गर्न लगाएपछि त्यस ठाउँका ब्राहमणहरुले शाइकुमारी भगवतिको मन्दिर स्थापना गरी पुजापाठ र मेलाको सुरुवात गरेको इतिहाँस रहेको समितिका अध्यक्ष लालवहादुर केसीले जानकारी दिए ।

प्राचिनकालमा दैवि शक्तिलाई भुत प्रेतबाट डर भएकाले मन्दिरको शक्तिलाई बचाउँन लठ्ठि नाचको सुरुवात भएको पाईएको केसीले बताए । लठ्ठि लिएर नाच्दा भुतप्रेत मन्दिरमा प्रवेश गर्न नपाउँने विश्वास छ । साँखका मान्छेहरुले यो नाच नाच्ने भएकाले यस नाचलाई सगाल नाच पनि भनिन्छ । नयाँ पत्रिकाबाट

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij