काठमाडौँ – मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह सेन्चुरी कमर्सियल बैंकमा जाने भएका छन्। मेगा बैंकमा आफ्नो कार्यकाल सकिन लागेपछि उनी सेञ्चुरी बैंक जान लागेको स्रोतले जानकारी दिएको छ । सेन्चुरीमा अहिले कामु प्रमुख कार्यकारीका रुपमा जीवन भट्टराईले ब्यवस्थापनको नेतृत्व गरिरहेका छन्।
बैंक तथा वित्तीय संस्था सम्बन्धी कानून (बाफिया) ले दुई पटक भन्दा बढी प्रमुख कार्यकारी हुन नपाउने व्यवस्थासँगै उनको सेवा अवधि सकिदैछ । मेगा बैंकमा शाहको सेवा अवधि मंसिरको अन्त्य सम्म मात्रै रहेको छ । नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष समेत रहेका शाह पुस १ गतेदेखि सेन्चुरी जाने स्रोतले जानकारी दिएको छ ।
शाह सेन्चुरीमा आएपछि मेगाको व्यवस्थापकीय नेतृत्व कसले सम्हाल्ने भन्ने बारेमा अहिले सम्म टुंगो लागेको छैन । मेगामा शाह पछिको ठूलो पदमा दुई महिलाहरु रहेको छन् । सो बैंकमा अनुपमा खुँजेलीले नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिरहेकी छन भने त्यसपछि रविना देशराज श्रेष्ठले सहायक नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिरहेकी छन् ।