२०८३ भाद्र ३१ बुधबार

अदुवा निकासीमा हुंदै आएको अवरोध हट्यो, जीएसटी पनि हटाउन नेपालको आग्रह

ई आर्थिक    आइतबार, कार्तिक १२ २०७४
5.9K
Shares
अदुवा निकासीमा हुंदै आएको अवरोध हट्यो, जीएसटी पनि हटाउन नेपालको आग्रह

कात्तिक ११, काठमाडौं । नेपालबाट भारततर्फ निकासी हुने अलैँची, अदुवा जस्ता कृषिजन्य वस्तुमा भैरहेको अवरोध हटाउन नेपालले गरेको अनुरोध अनुसार भारतीय पक्षले अदुवा निकासीमा पुर्याउँदै आएको अवरोध खुला गरेको छ । बाणिज्य मन्त्रालयलले भारतको सिलगुडीस्थित भारतीय भन्सार र सम्बन्धित निकायहरुसँग समस्या समाधानका लागि गरेको पहल बमोजिम हाललाई नेपालको काँचो अदुवा निकासी खुला भएको मेची भन्सार कार्यालय र अदुवा व्यवसायीहरुले बताएका छन् ।

नेपाल भारत वाणिज्य सन्धि अनुसार नेपालको कृषिजन्य वस्तुहरु निर्वाध रुपमा भारत निकासी हुनु पर्ने प्रावधान बमोजिम अदुवा निकासीमा देखिएको अवरोध तत्काल हटाउन बाणिज्य मन्त्रालयले भारतीय पक्षसँग अनुरोध गरेको थियो । विगत केही समयदेखि नेपालबाट भारततर्फ निकासी हुने अलैँची, अदुवा जस्ता कृषिजन्य वस्तुमा भैरहेको अवरोधका सम्बन्धमा वाणिज्य मन्त्रालयको पहलमा एक सरकारी टोलीले भारतको सिलगुडीस्थित कष्टम कमिश्नरलगायत भारतीय भन्सारका पदाधिकारीहरुसँग मङ्गलवार छलफल गरेको थियो ।

छलफलका क्रममा नेपाली टोलीले नेपालको काँचो अदुवा निकासी गर्दा भारतमा लाईसेन्स लिईरहनु नपर्ने, अदुवाबाट बन्ने अन्य परिकार र काँचो अदुवा निकासीमा लाग्ने जीएसटी हटाउनु पर्ने माग गरेको छ । नेपाल भारत वाणिज्य सन्धि अनुसार नेपालको कृषिजन्य वस्तुहरु निर्वाध रुपमा भारत निकासी हुनु पर्ने प्रावधान रहेकाले अदुवा निकासीमा देखिएको अवरोध तत्काल हटाउन टोलीले भारतीय पक्षलाई अनुरोध गरेको वाणिज्य मन्त्रालयका सह प्रवक्ता रामकृष्ण अधिकारीले बताएका छन् । नेपाली पक्षले उठाएका विषयमा सकारात्मक हुँदै भारतीय पक्षले समस्या समाधानका लागि तत्काल सम्बन्धित निकायमा आवश्यक पहल गर्ने आश्वासन दिए अनुसार अवरोध हटेको अधिकारीले बताएका छन् ।

भारतसँगको छलफल क्रममा नेपालका तर्फबाट वाणिज्य मन्त्रालयका उपसचिव तर्कराज भट्ट, नेपाली महावाणिज्यदूतावास कोलकाताका उपमहावाणिज्यदूत  नारायण शर्मा, मेची भन्सार कार्यालयका प्रमुख टेक बहादुर अर्याल, अदुवा उत्पादक व्यवसायी सङ्घका अध्यक्ष नरेन्द्र खड्का, भन्सार एजेन्ट सङ्घका अध्यक्ष मोहन निरौलालगायत भारतीय आयातकर्ताको समेत सहभागीता रहेको थियो । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij