अडिसनमा निर्णायकको भूमिकामा पर्यटन व्यवसायी राजन सिंखडा, ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)का पूर्वकोषाध्यक्ष खुमबहादुर सुवेदी, पत्रकार गणेश पाण्डे तथा मिस टुरिजमका अफिसियल कोरियोग्राफर रोजिन शाक्य रहनुभएको छ ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा पर्यटन क्षेत्रमा युवा र महिला सहभागिता वृद्धि, महिला सशक्तीकरणमा सहयोग पुग्ने आयोजकको अपेक्षा छ । विजेतालाई नगद रु ५० हजार, नेपालका स्थापित संस्था र उत्पादनको विज्ञापन खेल्ने अवसर तथा विभिन्न संस्थाका ब्राण्ड एम्बेस्डर पनि नियुक्त गरिने जनाइएको छ ।