२०८३ भाद्र २९ सोमबार

अन्तुमा पर्यटकको चहलपहल बढ्यो

ई आर्थिक    शुक्रबार, असोज २० २०७४
5K
Shares
अन्तुमा पर्यटकको चहलपहल बढ्यो

अन्तु पोखरीमा डुंगा सयर गर्दै मनोरम दृश्य नियाल्न पाउँदा पर्यटक हर्षित हुने गरेका छन् । “चियाबारी र सल्लाघारीबीचको पोखरीमा डुंगा सयर आनन्द लाग्छ,” डुंगा यात्रापछि इलामबाट अन्तु आउनुभएकी प्रजिना गुरागाईंले भन्नुभयो ।

यहाँको जातीय झाँकी, पुरातात्विक वस्तुको संग्रहालय पुष्प र कृषि प्रदर्शनीले पनि पर्यटकलाई आनन्दित बनाएको छ । अन्तु पर्यटन विकास केन्द्रले पर्यटकको बसाई र घुमाइको लागि प्रबन्ध मिलाएको छ । गोर्खाको सिरुबारी र लमजुङको घलेगाउँपछि अन्तुलाई नेपाल पर्यटन बोर्डले ग्रामीण पर्यटनको सूचीमा राखेपछि पर्यटक आउने क्रम बढेको पर्यटन विकास केन्द्र अन्तुका अध्यक्ष धनकुमार आलेले बताउनुभयो ।

यतिबेला झापा, इलाम, मोरङलगायत भारतको विभिन्न स्थानबाट पर्यटक आउन थालेका छन् ।

नेपालको विभिन्न भू–भाग र पश्चिमा पर्यटक पनि अन्तुमा आउने गरेका छन् । स्थानीय अन्तु र समालबुङका चार दर्जन धेरै घरमा पर्यटकलाई पेइङगेष्टको आधारमा खाने बस्ने प्रबन्ध मिलाइएको छ । मेची पहाडी पर्यटन प्रवद्र्धन विकास समितिले भ्यूटावर निर्माण गरिदिएपछि पर्यटकलाई चउरमा बसेर सूर्याेदय हेर्नुपर्ने बाध्यता टरेको छ ।

पशुपतिनगर बजारबाट भारतीय बाटोको प्रयोग गर्दै छब्बिसेबाट गुफापातलको अवलोकनपछि पनि अन्तु पुग्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij