२०८३ साउन ११ सोमबार

चाडपर्वका लागि राजधानीमा सुरक्षा योजना लागू : तीनहजार ७०० प्रहरी खटाइने

ई आर्थिक    आइतबार, असोज १ २०७४
2.8K
Shares
चाडपर्वका लागि राजधानीमा सुरक्षा योजना लागू :  तीनहजार ७०० प्रहरी खटाइने

१ असोज, काठमाडौं । दशैँ, तिहार र छठलाई लक्षित गर्दै राजधानी काठमाडौँको सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा चाडपर्वका लागि लक्षित गर्दै सुरक्षा योजना बनाइएको जानकारी दिइयो । परिसरका प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक रवीन्द्रबहादुर धानुकले उपत्यकाको सुरक्षा व्यवस्था त्रुटिरहित, भरपर्दो, विश्वसनीय र मजबुत बनाई जनजीवन सामान्य तुलाउन र देश, विदेशबाट घर फर्कने तथा उपत्यकाबाट बाहिरिने यात्रुलाई पूर्णसुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए ।

प्रहरी जनशक्तिको वैज्ञानिक परिचालन, सादा पोशाकमा सूचना संकलनका लागि प्रहरी परिचालन र आधुनिक प्रविधिको प्रयोग गरी तीन चरणको सुरक्षा व्यवस्था मिलाइएको उनको भनाइ छ ।

सुरक्षा योजनाबमोजिम तीनहजार ७०० प्रहरी खटाइने, विभिन्न स्थानमा कुकुरसहितका प्रहरी परिचालन गरिने, दैनिक पैदल गस्ती, ३६ वटा साइकल गस्ती, ७५ वटा मोटरसाइकल गस्ती, ३० वटा मोटर गस्ती, पिकेटिङ ४३ स्थानमा, सवारी गस्ती, छड्के चेकजाँच जस्ता कार्य गरिने प्रहरीले जनाएको छ ।

चोरी, जुवातास, गुण्डागर्दी, पाकेटमारी, कालोबजारी, खाद्य मिसावट नियन्त्रणका लागि अभियान सञ्चालन गरिने प्रमुख धानुकले जानकारी दिनुभयो । प्रहरीले आफ्नो सुरक्षामा ध्यान दिन समेत सबैसँग आग्रह गरेको छ ।

आव २०७१/७२ मा दशैँ, तिहार र छठको अवधिमा ५७५, आव २०७२/७३ मा ५३८, २०७३/७४ मा ५६५ यस्ता घटना भएका थिए । यसवर्ष अपराधको संख्या घटाउने प्रहरीको जिकिर छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij