१ असोज, काठमाडौं । नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ताले रत्ननगर नगरपालिकाका इन्जिनियर प्रकाशचन्द्र ढुङगानालाई मोबिल खन्याएर कालोमोसो दलेका छन्।
ढुङगानाले भ्रष्टाचार गरेकाले कारवाही गरिएको नेकपाद्धारा कार्यालय परिसरमा छाडिएको पर्चामा उल्लेख गरिएको छ ।
उनीमाथि परियोजना र संस्थागत वजेट पारिदिने नाममा कमिसन खाने गरेको, घरजग्गा र बाटोको सिफारिस गरेवापत सेवाग्राहीवाट कमिसन लिने गरेको र एेलानी जग्गालाई भूमाफियासँग मिलेर जग्गा दलालको नाममा पास गरेको लगायतका आरोप लगाइएको छ।
पटक पटक यस्ता काम रोक्न आग्रह गर्दा पनि इन्जिनियर ढुंगानाले अटेर गरेपछि कारवाही स्वरुप मोविल दलेको जनाईएको छ ।
घटना संलग्न नेकपाका कार्यकर्ताको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । कार्यालयमा रहेको सीसीटीभी हेरेर घटनामा संलग्नको पहिचान गरिने प्रहरीले वताएको छ ।
इञ्जिनियर ढुङगानाले भने केही दिनअघि विप्लवका कार्यकर्ताले चन्दा मागेको र चन्दा नदिएपछि यस्तो हर्कत गरेको दाबी गरेका छन् । ढुङ्गाना माओवादीकी नेतृ पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदीका ज्वाइँ हुन् ।