२०८३ भाद्र २८ आइतबार

कृषि बिकास बैंकमा रोजगारीको अवसर : खुल्यो २ सय ६० जनाको लागि जागिर

ई आर्थिक    शुक्रबार, भाद्र ३० २०७४
5.2K
Shares
कृषि बिकास बैंकमा रोजगारीको अवसर : खुल्यो २ सय ६० जनाको लागि जागिर

३० भदौ, काठमाडौं । कृषि विकास बैंकले विभिन्न तहमा देशभरका लागि २ सय ६० जनालाई रोजगारीको अवसर दिने भएको छ ।

बैंकले लेखा अधिकृत सिए सातौ तहका लागि ९ जना मागेको छ । त्यस्तैगरी व्यवसाय अधिकृत सातौ तहको लागि २६ जना, व्यवसाय सहायक स्तर पाँचौ तहको लागि ६६ जना को लागि आवेदन मागेको छ ।

त्यस्तैगरी लेखपाल सहायकस्तर द्वितीय श्रेणी चौथो तहको लागि ५० जनाको लागि आवेदन मागेको छ । त्यस्तै लेखपाल सहायकीस्तर द्वितीय श्रेणी चौथो तहका लागि ७९ जना र लेखपाल सहायकस्तर द्वितीय श्रेणी चौथो तहका लागि ३० जनाको लागि बैंकले आवेदन मागेको छ । प्रथम पटक प्रकाशित भएको २१ दिन भित्र आवेदन दिइसक्नु पर्ने बैंकले सूचना मार्फत जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij