२०८३ भाद्र २८ आइतबार

रुस लैजाने भनी हंगेरी पु-याई अलपत्र पार्ने व्यक्ति पक्राउ

ई आर्थिक    बुधबार, भाद्र २८ २०७४
8.4K
Shares
रुस लैजाने भनी हंगेरी पु-याई अलपत्र पार्ने व्यक्ति पक्राउ

२७ भदौ, काठमाडौँ । आकर्षक तलब सुविधा सहितको रोजगारीका लागि रुसको मस्कोमा लगिदिने भनी दुई व्यक्तिबाट रकम उठाई अलपत्र पार्ने कार्यमा संलग्न एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

भारत देहरादुन घर भई काठमाडौँ, हाँडीगाउँ बस्ने सुरजलाल जोशीले दाङ धनौरी घर भएका वसन्त बस्नेत र दंगीशरण बस्ने कमल ओलीलाई मस्को पठाइदिने भनी रु १० लाख ७० हजारका दरले दुई जनाबाट रु २१ लाख ४० हजार लिएको प्रहरीले जनाएको छ ।

उनले पीडित दुई जनालाई गत वर्ष जेठ २१ गते भारतको दिल्लीमा निज सुरजलाल जोशीले लिन पठाएका एकजना दलाल व्यक्तिले दिल्लीबाट युक्रेन हुँदै हंगेरीको बोर्डरमा पु¥याएका थिए । अलपत्र परेका उनीहरु ६ महिनापश्चात् नेपाल फर्की पीडक जोशीविरुद्ध मुद्दा हालेका थिए ।

सो पश्चात् महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले जोशीलाई सोमबार टेकुबाटै पक्राउ गरी ठगी मुद्दामा आवश्यक अनुसन्धान कारबाहीका लागि आज महानगरीय प्रहरी परिसर, टेकु काठमाडौँमा पठाएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij