२०८३ साउन ११ सोमबार

सहकारीकर्मी डा. ज्ञानेन्द्रप्रसाद पौडेल विद्याभूषण पदकबाट सम्मानित

ई आर्थिक    आइतबार, भाद्र २५ २०७४
6.1K
Shares
सहकारीकर्मी डा. ज्ञानेन्द्रप्रसाद पौडेल विद्याभूषण पदकबाट सम्मानित

२५ भदौ, काठमाडौं । सहकारीकर्मी डा. ज्ञानेन्द्रप्रसाद पौडेल विद्याभूषण पदकबाट सम्मानित भएका छन् ।

३८औं शिक्षा दिवसको अवसरमा पौडेल ‘क’ श्रेणीको नेपाल विद्याभूषण पदकबाट सम्मानित भएका हुन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार आयोजित सुशोभन कार्यक्रममा पौडेललाई राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त पदक तथा प्रमाणपत्रबाट बाट आभुषित गरेकी थिइन् ।

सहकारी क्षेत्रको जोखिम व्यवस्थापन सम्बन्धमा विद्यावारिधी गरेका पौडेललाई आर्थिक, सामाजिक, शैक्षिक र सहकारीको क्षेत्रमा महत्वपूर्ण योगदान पु-याएको भन्दै अर्थविद्को रुपमा सम्मान गरिएको हो ।

यो विभूषणले आफू उत्साहित भएको र आफ्नो क्षेत्रमा थप काम गर्न यसले प्रेरित गरेको डा. पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij