२०८३ साउन ९ शनिबार

७१ जना नेपालीलाई युएइमा अलपत्र पार्ने ५१ जना मानवतस्करको सूची सार्वजनिक

ई आर्थिक    मंगलबार, भाद्र २० २०७४
7.9K
Shares
७१ जना नेपालीलाई युएइमा अलपत्र पार्ने ५१ जना मानवतस्करको सूची सार्वजनिक

२० भदौ, काठमाडौं । आकर्षक तलब र राम्रो काम लगाइदिने आश्वसन बाँडेर ७१ जना नेपाली युवा युवतीलाई युएइमा अलपत्र पार्ने ५१ जना मानवतस्करको सूची सार्वजनिक गरिएको छ ।

संयुक्त अरब इमिरेट्स युएइस्थित नेपाली राजदूतावासले अलपत्र परेकाहरुलाई स्वदेश फर्काउँदै उनीहरुलाई अलपत्र पार्ने ५१ जना मानवतस्करको सूची सार्वजनिक गरेको हो ।

दूतावासले अलपत्र परेका ७१जना नेपालीको उद्धार गरिएको जनाएको छ । सोमबार नेपाली दूतावासको पहलमा ३३ जना महिला र ३८ जना पुरूषसहित ७१ जना नेपालीको उद्धार गरिएको हो। संयुक्त अरब इमिरेट्स युएइमा पर्यटक भिसा मार्फत जागिर लगाइदिने भन्दै मोटो रकम ठग्‍ने तस्करहरुको नाम नेपाली राजदूतावास अबुधावी, युएइले सार्वजनिक गरेको छ। सोमबार दूतावासले विज्ञप्ति जारी गर्दै ५१ जना दलालरतस्करहरुको नाम सार्वजनिक गरेको हो।

नेपालीहरुलाई ठग्‍ने दलालहरु:

दूतावासका अनुसार नेपालीहरुलाई ठग्‍ने दलालहरु राजिव मल्ल, केशव शिवाकोटी,रेणु शिवाकोटी शाह तेली,इश्वर श्रेष्ठ ,टंक सुवेदी, क्यापिटल रिक्रुटमेन्ट सर्भिसेस लि., सुनिता थापा, राकेश खडायत, कुवेर रानाभाट, विवेक श्रेष्ठ/सुभाष श्रेष्ठ (अन्नपूर्ण ट्राभल, नेपाल), हरिशरण दास, पुष्कर कार्की,देवेन्द्र गौतम,भक्तिराम कोइराला, राजकुमार लामा, भीम बहादुर सुनार, रामकृष्ण थापामगर/रामेश कुँवर-धादिङ्ग, प्रविण नरसिंह राना, पिताम्बर पराजुली, प्रजिल पराजुली, साजन पाण्डे, प्रताप लिम्बु, इसराफुल शाह, उम-अल-क्विन,लक्ष्मण परियार,रोजन (सुब्बा) मगर, नर बहादुर (निसान) घले, सोनाम लामा लगायत रहेका छन्। उनीहरुलाई दूतावासले खोजरी गरी कारबाही गर्ने विज्ञप्ति मार्पत जनाएको छ।

उद्दार गरिएका महिलाहरू:

उद्दार गरिएका महिलाहरूमा सुन्धारादेवी, नुवाकोटकी सविता तामाङ, कुमरोज, चितवनकी कुमारी गुरूङ्ग माडी, चितवनकै मञ्जु नेपाली, दमक, झापाकी अनु माझी, तुल्सीपुर, दाङकी मीना वि.क.,इचंगु, सिन्धुपाल्चोककी विमला तामाङ, चुलाचुली, इलामकी सविना लिम्बु, मार्मिक, सिन्धुपाल्चोककी डोमा तामाङ्ग मार्मिक, सिन्धुपाल्चोककी डोमा तामाङ्ग, गागलफेदीकी सुकुमाला लामा लगायत रहेकी छिन्।

नेपाल फिर्ता पठाइएका पुरूषहरू:

यस्तै दुतावासले उद्दार गरी नेपाल फिर्ता पठाइएका पुरूषहरूमा रामकाजी कुंवर,योगेन खड्की, अनिश खड्की नारायण श्रेष्ठ, प्रिन्स श्रेष्ठ,गोकर्ण बस्नेत,इश्वर बस्नेत,राजेन्द्र श्रेष्ठ,राजकुमार श्रेष्ठ,धनलाल तिमल्सिना,विष्णु प्रसाद रेग्मी,राजेन्द्र प्र. अधिकारी,शिव नेपाली,कुल बहादुर के.सी.,लोक बहादुर डाँगी,विनोद नेपाली,प्रेम प्रकाश के.सी.,सुरेन्द्र प्रकाश चन्द,कनार गुरूङ्ग,मुकेश घले, तेज बहादुर गुरूङ्ग, अर्जुन नेगी, रोशन प्रसाद श्रेष्ठ, राजकुमार श्रेष्ठ,चन्द्र बहादुर डाँगी,नेत्र रावत,सुरेन्द्र प्रकाश चन्द, पूर्ण बहादुर पुन,पदमलाल वली,पूर्ण राजवंशी,सुरेश चौधरी,वसन्त राज खत्री,विरेन्द्र घिसिङ्ग, जीवन घिसिङ्ग,सागर लिम्बु,सुरेन्द्र के.सी.,सन्देश तिमल्सिना र ना प्र. दाहाल रहेका छन्।

यस्तै पर्यटक भिषामा आउने व्यक्तिले आउने-जाने, घुम्ने-बस्ने-खाने लगायत आकस्मिकताका खर्चहरू सबै आफैले व्यहोर्नु पर्ने भएकाले नेपाल अध्यागमन कार्यविधि, 2065 को परिच्छेद ३ को दफा 3.1 को 2(घ) तथा अध्यागमन विभागको वेवसाइट (http://nepalimmigration.gov.np/content/information-for-nepalese-citizen.html) मा उल्लेख भएको प्रक्रिया पुरा गरी मात्र युएइमा आउन दूतावासले सबैमा आग्रह गरेको छ ।अाजकाे अन्नपूर्ण पाेस्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij