२०८३ साउन ११ सोमबार

केरुङ भन्सारमै अड्कियो १० अर्ब भन्दा बढीको दशैंका सामान

ई आर्थिक    आइतबार, भाद्र १८ २०७४
3.1K
Shares
केरुङ भन्सारमै अड्कियो १० अर्ब भन्दा बढीको दशैंका सामान

१८ भदौं, काठमाडौं । दशैंलाई लक्षित गरेर ल्याइएका सामान नेपाल र चीनबीचको केरुङ भन्सारमै रोकिएका छन् ।

भन्सार पास नहुँदा केरुङ नाकामा सामान बोकेर आएका कन्टेनर दुई महिनादेखि अलपत्र परेका हुन् ।

दशैंका लागि ल्याइएका सामान दशैं नजिकिँदा समेत नछुट्दा व्यवसायी मारमा परेका छन् ।

सामान बोकेर आएका १५ सय कन्टेनर सामान रोकिएको व्यवसायीले जानकारी दिएका छन् ।

भन्सनर मूल्यांकन नहुँदा १० अर्ब रुपैयाँभन्दा बढीको सामान नाकामै रोकिएको व्यवसायीले बताए । खबर आजको कारोबार दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij