२०८३ साउन ९ शनिबार

६ देशमा श्रम सहचारी नियुक्त, को कहाँ भए नियुक्त ?

ई आर्थिक    सोमबार, भाद्र १२ २०७४
11.6K
Shares
६ देशमा श्रम सहचारी नियुक्त, को कहाँ भए नियुक्त ?

१२ भदौ, काठमाडौं । सरकारले ६ देशमा श्रम कन्सुलर तथा सहचारी नियुक्त गरेको छ । सरकारले एकैपटक मलेसिया र कोरियामा श्रम कन्सुलर र यूएई, ओमान, साउदी अरेबिया र कुवेतमा श्रम सहचारी नियुक्त गरेको हो ।

श्रम तथा रोजगार मन्त्रालयले कोरियाका लागि डिल्लीराम बास्तोला र मलेसियाका लागि बद्रिकुमार कार्कीलाई श्रम कन्सुलर नियुक्त गरेको हो ।

कोरियाका लागि श्रम कन्सुलर नियुक्त बास्तोलाले लामो समय ईपीएस कोरिया शाखाको निर्देशकका रुपमा काम गरेका थिए । उनीसँग कोरियाली श्रम अधिकारीहरुसँग पनि काम गरेको अनुभव छ । उनलाई कोरियाली कामदारको समस्याबारे राम्रो ज्ञान भएको अधिकारी पनि मानिन्छ । ईपीएसमा रहँदा उनले गरेको कामको सर्वत्र प्रशंसा भएको थियो ।

यसैगरी मलेसियाका लागि नियुक्त कार्की लामो समयदेखि वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा कार्यरत छन् । उनी पनि विदेशिने कामदारको समस्याबारे राम्रो ज्ञान भएका ब्यक्ति मानिन्छन् । यसअघि उनी वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको निर्देशकका रुपमा काम गरिरहेका थिए ।

यसैगरी यूएईको श्रम सहचारीमा मोतिराम भुसाल, ओमानमा श्रम मन्त्रालयकै शाखा अधिकृत कृष्णाकुमारी गौली, कुवेतमा श्रमका शाखा अधिकृत ज्ञानेन्द्र शर्मा र साउदी अरेबियाको नेपाली कन्सुलेट जनरल अफिसमा शाखा अधिकृत राजु कुँवर श्रम सहचारी नियुक्त भएका छन् । अाजकाे राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij