२०८३ साउन ९ शनिबार

बाढीपीडितका लागि २४ लाख मूल्य बराबरको राहत सामग्रीसहित पोखराका पर्यटन व्यवसायी तराईतर्फ

ई आर्थिक    शुक्रबार, भाद्र ९ २०७४
3.1K
Shares
बाढीपीडितका लागि २४ लाख मूल्य बराबरको राहत सामग्रीसहित पोखराका पर्यटन व्यवसायी तराईतर्फ

९ भदौ, पोखरा । पोखराका पर्यटन व्यवसायीले तराईका चितवन र नवलपरासी जिल्लाका बाढीपीडितको सहयोगका लागि रु २४ लाख मूल्य बराबरको राहत सामग्री लिएर आज त्यसतर्फ प्रस्थान गरेका छन् ।

बाढीपीडित क्षेत्रको मागअनुसार चितवनका सौराहा, बच्छौली, गोलाघाट, जितपुर, माडी र नवलपरासीको सुस्तामा राहत वितरण गरिने कार्यक्रम संयोजक गणेश भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार छुट्टाछुट्टै चार टोलीमार्फत वितरण गरिने राहत सामग्रीमा खाद्यान्न, म्याटे«स, झुल र ब्लाङ्केटलगायतका सामग्री छन् । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij