२०८३ साउन ९ शनिबार

साइप्रसबाट २२ बर्षकी यमुनाको यस्तो आयो रिपोर्ट

ई आर्थिक    आइतबार, भाद्र ४ २०७४
3.8K
Shares
साइप्रसबाट २२ बर्षकी यमुनाको यस्तो आयो रिपोर्ट

४ भदौ, काठमाडौं । साइप्रस प्रहरीले टोकरपुर ८ रामेछापकी २२ बर्षकी यमुना खपांगी मगरको डुबेर नै मृत्यु भएको रिपोर्ट तयार गरेको छ ।

साइप्रस मामिला हेर्ने इजरायलस्थित नेपाली दूतावासलाइ प्रहरीले उनको मृत्युबारे जानकारी गराएको हो ।

गत अगस्ट ७ मा मगर एउटा कम्प्लेक्सस्थित स्विमिङ पुलमा डुबेको अवस्थामा फेला परेकी थिइन् । अस्पताल पुर्याउनेबित्तिकै उलाई मृत घोषणा गरिएको थियो ।

दूतावासका अनुसार मगरकी स्पोन्सरले शव नेपाल पठाउन र क्षतिपूर्ति दाबी गर्न वकिल  नियुक्ति गरिसकेकी छन् । वकिलले दूतावासको सम्पर्कमा रहेर काम अगाडि बढाइसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij