३१ साउन, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रिक्त रहेका बिभिन्न पदहरुमा इन्जिनियर माग गरेको छ।
प्राधिकरणले करार नियुक्तिका लागि ११०१ इन्जिनियर माग गरेको छ। तृतीय श्रेणी इन्जिनियरमा ३७४, अनं. प्रथम श्रेणी सव इन्जिनियरमा ३९१ र र अनं. द्धितीय श्रेणीको सव इन्जिनियरमा ३३६ जना कर्मचारी माग गरिएको छ।
पुनर्निर्माण प्राधिकरणको वेबसाइटबाट फारम लिएर कार्यालयमा बुझाउनुपर्नेछ। छनौट हुने कर्मचारीले भूकम्पप्रभावित क्षेत्रमा गई काम गर्नुपर्नेछ। इच्छुकले आजको मितिदेखि १५ दिनभित्र आवेदन बुझाउनुपर्नेछ।
