२०८३ साउन ११ सोमबार

ठूला होटेल नै बेच्छन् घरेलु मदिरा : प्रहरीले गरायो सचेत

ई आर्थिक    शनिबार, साउन २८ २०७४
6.4K
Shares
ठूला होटेल नै बेच्छन् घरेलु मदिरा : प्रहरीले गरायो सचेत

२८ साउन, विराटनगर । विराटनगरको रानीस्थित नेपाल-भारत सीमाक्षेत्रमा कर तिरेर ‘ब्रान्डेड’ मदिरा बिक्रीका लागि इजाजत प्राप्त गरेका ठूला होटेलबाट पनि अवैध घरेलु मदिराको किनबेच हुने गरेको पाइएको छ ।

कानुनले उत्पादन तथा बिक्रीवितरणमा प्रतिबन्ध लगाएको घरेलु मदिराको लुकिछिपी कारोबार गर्ने गरेको प्रहरीले पत्ता लगाएको छ । विराटनगरको रानीक्षेत्रमा ३५ वटा साना तथा ठूला होटेल सञ्चालनमा छन् । प्रहरीले सीमावर्ती क्षेत्रमा अवैध घरेलु मदिरा नियन्त्रणका लागि अभियान चलाएर कडाइ गरेसँगै ठूला होटेलले गर्ने गरेको घरेलु मदिराको अवैध कारोबारबारे बाहिर आएको हो ।

सीमावर्ती क्षेत्रका प्रायः सबै होटेलमा अवैध घरेलु मदिराको किनबेच हुने गरेको पाइएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाले बताए । प्रहरीले एक साताको अवधिमा दुई हजार दुई सय लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिएर कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय विराटनगरमा बुझाएको छ ।

‘घरमा उत्पादन गरेर मदिरा बिक्री गर्न पाइँदैन । तर ब्रान्डेड मदिरा बिक्रीको अनुमति लिएका ठूला होटेलबाट पनि घरेलु मदिरा बिक्री हुँदो रहेछ,’ उनले भने, ‘सबै होटेलमा छापा हानेर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइएको छ । अबदेखि बिक्री नगर्न सबै होटेल सञ्चालकलाई सचेत गराइएको छ।’ आजको अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij