२०८३ साउन ११ सोमबार

फिलिपिन्समा ६.२ म्याग्नीच्युडको भूकम्प

ई आर्थिक    शुक्रबार, साउन २७ २०७४
6.4K
Shares
फिलिपिन्समा ६.२ म्याग्नीच्युडको भूकम्प

२७ साउन, मनिला । फिलिपिन्समा राजधानी मनिलाबाट दक्षिणी क्षेत्र प्रभावित हुनेगरी शुक्रबार ६.२ म्याग्नीच्युडको भूकम्प आएको छ ।

यस भूकम्पका कारण राजधानी मनिलास्थित भवनहरु पनि हलिएका भू–विज्ञहरुले जानकारी दिएका छन ।

हालसम्म यस भूकम्पबाट भएको मानवीय र अन्य भौतिक क्षतिको कुनै विवरण भने प्राप्त भएको छैन । सो भूकम्प स्थानीय समयाअनुसार शुक्रबार अपरान्ह १ः२८ आएको जनाइएको छ ।

फिलिपिन्सको भू–विज्ञान अध्ययन संस्थानका अनुसार सो भूकम्पबाट तटीय क्षेत्र लिआन बढी प्रभावित भएको थियो ।

फिलिपिन्सको राजधानी मनिलाबाट ७० किलोमिटर दक्षिणमा पर्ने इलाकामा लिआन तटीय क्षेत्रको १७३ किलोमिटर गहिराईमा सो भूकम्पको केन्द्र रहेको बताइको छ ।

फिलिपिन्सका भू–गर्भशास्त्रीहरुले यस भूकम्पलाई ६.१ म्याग्नीच्युडको रहेको बताएका थिए भने अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था युएसजिएसले यसको मापन ६.२ म्याग्नीच्युड गरेको बताएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij