२०८३ साउन ११ सोमबार

अचाक्ली बढ्न थाल्यो सुनको भाउ, आज पनि एकै दिनमा ५ सयले बढ्यो

ई आर्थिक    शुक्रबार, साउन २७ २०७४
4.3K
Shares
अचाक्ली बढ्न थाल्यो सुनको भाउ, आज पनि एकै दिनमा ५ सयले बढ्यो

२७ साउन, काठमाडौं । नेपाली बजारमा हिजो मात्रै एकै दिन प्रतितोलामा ५ सयले बढेको सुनको मुल्य आज पनि ह्वातै बढेको छ ।

शुक्रबार पनि सुन प्रतितोला थप ५ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ५४ हजार ९ सय प्रतितोलामा कारोबार भइरहेको सुनको भाउ शुक्रबार बढेर ५५ हजार ४ सय रुपैयाँ पुुगेको हो ।

सुनसँगै चाँदीको भाउ समेत बढेको छ । बिहीबार ७ सय ५० रुपैयाँ प्रति तोलामा किनबेच भइरहेको चाँदीको भाउ बढेर शुक्रबार ७ सय ५५ रुपैयाँ पुुगेको छ । सुन र चाँदीको शुक्रबार कायम मूल्य साउन महिनाकै उच्च हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा आएको परिवर्तनका कारण नेपाली बजारमा पनि सुन महंगिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij