२०८३ साउन ११ सोमबार

भिरबाट खसेको ढुंगा लागेर एक पर्यटकको मृत्यु

ई आर्थिक    शुक्रबार, साउन २७ २०७४
5.5K
Shares
भिरबाट खसेको ढुंगा लागेर एक पर्यटकको मृत्यु

२७ साउन, बेनी। जोमसोम सडक खण्डअन्तर्गत म्याग्दी र मुस्ताङको सीमाक्षेत्रमा पर्ने घोप्टेभिरबाट खसेको ढुंगा लागेर एकजना पर्यटकको मृत्यु भएको छ ।

मुस्ताङ भम्रण सकेर बेनीतर्फ फर्कदै गर्दा धासाङ गाउँपालिका–४ बाट अगाडि बढ्दै गर्दा २२ वर्षीय पासपोर्ट नम्बर ५१७७४९८४८ भएकी बेलायती नागरिक करलोट कम्मा कथरिना फुलरटनको मृत्यु भएको घाँसा प्रहरी चौकीले जनाएको छ ।

भिरबाट खसेको ढुंगा लागेर गम्भीर घाइते भएकी उनको उद्धार गरी लेते स्वास्थ्य केन्द्रमा उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको घाँसा प्रहरी चौकीका प्रहरी नायब निरीक्षक गोपालबहादुर खत्रीले बताउनुभयो ।

उहाँका अनुसार फुलरटन आफ्नो दाइ र पथपदर्शकको साथमा भम्रणमा आएकी थिइन् । यसैबीच सोही घोप्टेभिर क्षेत्रमा माथिबाट खसेको ढुंगा लागेरे म्याग्दीको मंगला–५ का ४० वर्षका सवारी चालक दलबहादुर फगामी घाइते भएको प्रहरीले जनाएको छ । उनलाई थप उपचारको लागि पोखरा लगिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij