२०८३ भाद्र २८ आइतबार

जबर्जस्ती करणी उद्योगबाट पीडित बालिका न्याय माग्दै

ई आर्थिक    बुधबार, साउन २५ २०७४
5.5K
Shares
जबर्जस्ती करणी उद्योगबाट पीडित बालिका न्याय माग्दै

२५ साउन, गौशाला । महोत्तरी जिल्लाको एकडारा गाउँपालिकाकी एक बालिका जबर्जस्ती करणी उद्योगबाट पीडित भएको भन्दै न्यायका लागि जिल्ला सदरमुकाम जलेश्वरमा पुगेकी छिन् ।

स्थानीय कैलाश ठाकुर हजामका छोरा ३२ वर्षीय विजय ठाकुरले आफू घरमा एक्लै भएको मौकामा आएर उनलाई आँगनमा लछारपछार गर्दै लडाएर लुगाफाँटा च्यातिदिएको, शरीरभरि घाउ बनाइदिएको र संवेदनशील अंग समातेर जबर्जस्ती करणीको प्रयास गर्दा चिच्याएपछि छिमेकी आइपुगेकाले पिडक भागेको उनले बताइन् ।

जिल्ला प्रहरी कार्यालयमा मंगलबार पुगेकी पीडित बालिकाको जाहेरी समेत प्रहरीले दर्ता गर्नुको साटो स्थानीयस्तरमा रहेको आफ्नो मातहतको प्रहरी चौकीले बालिका विरुद्ध जबर्जस्ती करणी उद्योग नभएको केवल दुबै जनाबीच झै–झगडा र गालीगलौज भएको जनाएको जानकारी दिएको छ ।

साथै यस घटनालाई स्थानीयस्तरमा दुबैका पक्षबाट आएका नेता र बुद्धीजीवी तथा सरदुमकाममा समेत राजनीति गर्ने नेता मिलाउने पक्षमा जुटे पनि आफू कुनै पनि हालतमा यस घटनामा मिलापत्र नगर्ने जिद्दी गरेपछि उनीहरुबीच मिलापत्र हुनसकेन् ।रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij