२०८३ साउन ११ सोमबार

छोरी जन्मिएपछि कुटपिट गर्दै घर निकाला

ई आर्थिक    आइतबार, साउन १५ २०७४
2.3K
Shares
छोरी जन्मिएपछि कुटपिट गर्दै घर निकाला

१५ साउन, कपिलवस्तु । छोरी जन्माएको आरोपमा कुटपिट गर्दै यहाँकी एक महिलालाई घर निकाला गरिएको छ । कपिलवस्तु नगरपालिका ५ श्रीरामपुरकी २२ वर्षीया सविना खातुनलाई पती र ससुराले कुटपिट गरेका हुन्।

‘छोरी जन्माएको आरोप लगाउँदै निर्घात कुटपिट गरे,’ खातुनले दुःखेसो पोखिन् । तीन महिनाअघि छोरी जन्माएपछि यातना दिन थालेको उनले सुनाईन्।

‘बच्चा जन्मिनुअघि देखिनै छोरी जन्मिए गाह्रो हुन्छ, तँलाई पनि दुःख हुन्छ भन्दै मानसिक तनाव दिन्थे,’ उनले भनिन्,‘छोरी जन्मिएमा तँ सुखले बस्न पाउदिनस् भन्थे।

गत बुधबार साँझ गाउँको विवाह कार्यक्रममै श्रीमान दिलसार खान र ससुरा इजहार खाँले मिलेर कुटपिट गरेको उनका बाबु लइस पठानले बताए। लाठी मुक्का र लठ्ठीले कुटपिट गरी गम्भीर घाइते बनाएको उनले बताए। सविनाको दायाँ गाला सुन्निएको छ, हातमा चोट छ, कान, पिठ्यू र शरीरका विभिन्न भागमा चोट छ। गम्भीर घाइते उनलाई माइतीले तत्कालै तौलिहवा अस्पताल पुर्‍याएको थियो।
आजको कान्तिपुर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij