२०८३ साउन ११ सोमबार

धारिलो हतियार प्रहार गरी पतिको हत्या, आरोपमा कान्छी श्रीमतीसहित दुई पक्राउ

ई आर्थिक    मंगलबार, साउन १० २०७४
3.4K
Shares
धारिलो हतियार प्रहार गरी पतिको हत्या, आरोपमा कान्छी श्रीमतीसहित दुई पक्राउ

१० साउन, लहान । पतिको हत्या गरेको आरोपमा एक महिलासहित दुई जनालाई प्रहरीले सदरमुकाम सिरहाबाट आज पक्राउ गरेको छ ।

सिरहा नगरपालिका–४ स्थित बसबिट्टा रमौल सडकखण्डमा सिरहाको विष्णुपुर गाउँपालिका–५ निवासी ३४ वर्षीय शत्रुघ्न यादवको धारिलो हतियार प्रहार गरी गत जेठ १७ गते हत्या भएको थियो । घटनाको अनुसन्धानका क्रममा शत्रुघ्न यादवकी कान्छी श्रीमती २५ वर्षीया शुभकलादेवी र सिरहा नगरपालिका–१९ निवासी ५५ वर्षीय रामचरित्र ठाकुरको संलग्नता पाइएपछि दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता विश्वमणि पोखरेलले जानकारी दिनुभयो ।

घटना लगत्तैदेखि फरार दुवै जनालाई खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले सिरहा नगरपालिका–७ हेमनारायण चोक नजिकैबाट पक्राउ गरेको हो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij