२०८३ साउन ११ सोमबार

अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती कारबम विस्फोट : २४ मारिए, ४२ जना घाइते

ई आर्थिक    सोमबार, साउन ९ २०७४
3.7K
Shares
अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती कारबम विस्फोट : २४ मारिए, ४२ जना घाइते

९ साउन, एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा आत्मघाती कारबम विस्फोटमा २४ जना मारिएका छन्।

सरकारी अधिकारीहरुका अनुसार विस्फोटमा ४२ जना घाइते भएको बिबिसीले समाचारमा उल्लेख गरेको छ। सोमबार गराइएको विस्फोटमा परेका घाइतेहरुको अवस्था चिन्ताजनक रहेकोले मृतकको संख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन्। राजधानी काबुलबाट पश्चिममा पर्ने सिहा सहरमा गराइएको विस्फोटमा खनिज मन्त्रालयका कर्मचारी र कामदार परेको बताइएको छ।

हमला एक राजनीतिज्ञको घरलाई लक्षित रहेको तर, सुरक्षाकर्मीले रोकेको एक अधिकृतले बताएका छन्। विस्फोटको जिम्मा आतंककारी संगठन तालिवानले लिएको छ। काबुलमा यो वर्ष मात्रै दर्जनौं बम विस्फोट गरिएका छन् जसको जिम्मेवारी तालिवान र स्लामिक स्टेटले लिने गरेको छ। घटनास्थललाई सुरक्षाफौंजले नियन्त्रणमा लिएको बिबिसीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij