२०८३ साउन ११ सोमबार

एसइई परीक्षा ९० प्रतिशत अङ्क ल्याउने राहुलले पाए ५० हजार

ई आर्थिक    बिहिबार, असार २९ २०७४
3.9K
Shares
एसइई परीक्षा ९० प्रतिशत अङ्क ल्याउने राहुलले पाए ५० हजार

२९ असार, महोत्तरी । एसइई परीक्षा २०७३ मा ९० प्रतिशत अङ्क ल्याएका महोत्तरीस्थित सरस्वती ज्ञानोदय सेकेन्डरी इंगलिस बोर्डिङ स्कूल गौशालाका छात्र राहुल रौनियारलाई ‘मथुरानन्द चौधरी माथुर पुरस्कार’बाट पुरस्कृत गरिएको छ ।

आज बिहान विद्यालयमा आयोजित एक कार्यक्रममा रौनियारलाई प्रमाणपत्र र ५० हजार नगद प्रदान गरिएको हो ।

एसइईमा ०२१५१६८ ‘आर’ सिम्बोल नं भएका रौनियार शिशु कक्षादेखि नै सोही विद्यालयमा पढ्दैआएका थिए ।

विद्यालयले २०७० सालदेखि नै एसएलसीमा ९० प्रतिशत वा सोभन्दा बढी अङ्क ल्याएर उत्तीर्ण हुने छात्रछात्रालाई जनही रु ५० हजारका दरले मथुरानन्द चौधरी माथुर पुरस्कार प्रदान गर्दै आएको विद्यालयका प्राचार्य मञ्जु झाले बताउनुभयो ।

विसं २०५५ मा स्थापना भएको सो विद्यालय जिल्लाकै पहिलो निजी विद्यालय हो । सो विद्यालयका संस्थापक मथुरानन्द चौधरी कवि एवम् शिक्षाविद् हुनुहुन्थ्यो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij