२०८३ साउन ११ सोमबार

नौ किमी चट्टान काटेर गाउँमा खानेपानी

ई आर्थिक    बिहिबार, असार २९ २०७४
4.2K
Shares
नौ किमी चट्टान काटेर गाउँमा खानेपानी

२९ असार, रुकुम । वषौंदेखि खोलाको पानी खान बाध्य आठबिसकोट नगरपालिका–३ स्यालाखदीका (साविकको स्यालाखदी गाविस ३, ४ र ५) बासिन्दा गाउँमा खानेपानी आयोजना निर्माण भएपछि खुशी भएका छन् ।

खानेपानी आयोजनाको निर्माण थालिएको पाँच वर्षपछि गाउँका सबै भागमा नियमित पानी आउन थालेपछि अहिले स्थानीयवासी खुशी भएका छन् ।

एक वर्षसम्म गाउँमा एउटा पनि खानेपानीको धारा नहुँदा यहाँका बासिन्दा गाग्री डोकामा बोकेर गाउँभन्दा एकघण्टा दूरीको खोलाको पानी ल्याएर गुजारा चलाउने गरेकामा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले आव २०६८/६९ देखि स्यालाखदी पाटागाउँ खानेपानी तथा सरसफाइ आयोजनामार्फत खानेपानी ल्याउने काम प्रारम्भ भएको थियो ।

गाउँ नजिकै मुहान नभएपछि खानेपानीका लागि गाउँभन्दा करिब नौ किमी टाढाको गाउँबाट खानेपानी ल्याइएको थियो । सो आयोजनाका लागि रु एक करोड १६ लाख ४७ हजार खर्च भएको कार्यालय प्रमुख विकेश बधानथाचेले जानकारी दिनुभयो ।

चौबीस किमी पाइपलाइन विस्तार गरिएको खानेपानी आयोजनाबाट गाउँका २०० भन्दा बढी घरधुरीलाई खानेपानीको सुविधा भएको उपभोक्ता समितिका अध्यक्ष कर्णनाथ योगीले जानकारी दिनुभयो ।

चट्टानमात्र भएकाले अधिकांश ठाउँमा फलामको जिआई पाइपको प्रयोग गरिएको छ । धेरै वर्षदेखि गाउँमा पानी ल्याइदिनका लागि विभिन्न निकायमा हारगुहार गर्दा पनि भिरालो र निकै अप्ठेरो जमिन भएका कारण निर्माण कार्यमा कसैले पनि चासो नदिएको उहाँको भनाइ छ । यसअघि सो आयोजनामा तत्कालीन जिल्ला विकास समितिलगायत अन्य निकायले काम शुरु गरेर र छोडिदिएको अध्यक्ष योगीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij