२०८३ साउन ११ सोमबार

बाढीले नेपालकै पुरानो चन्द्रनहरमा क्षति, एक करोड भन्दा बढीको नोक्सान

ई आर्थिक    शनिबार, असार २४ २०७४
4.3K
Shares
बाढीले नेपालकै पुरानो चन्द्रनहरमा क्षति,  एक करोड भन्दा बढीको नोक्सान

२४ असार, सप्तरी । सप्तरीमा हालै आएको बाढीले नेपालको सबै भन्दा पुरानो चन्द्रनहरको बाँध भत्किएका कारण रु एक करोड १५ लाख मूल्य बराबरको नोक्सान भएको छ ।

सप्तरीको मोहुली खोला र सुनदरी खोलामा आएको बाढीले चन्द्रनहरमा ८५ मिटर नहरको बाँधलार्ई भत्काइ नहरलाई क्षति पु-याएको बताइएको छ ।

सुनदरी खोला र महुली खोलाको बिचमा बडहरा गाउँमा रहेको चन्द्रनहरको मुख्य नहर, साइफन तथा मेन होलमा बालुवा पसेर क्षति पुगेको र तोडफोडसमेत गरेको कोसीपम्प चन्द्रनहर सिँचाइ व्यवस्थापन डिभिजन कार्यालयका प्रमुख प्रसुन मिश्रले बताउनुभयो ।

डिभिजन प्रमुख मिश्रले उक्त क्षतिको स्टिमेट र क्षतिको बारे विवरण तयार भइसकेको समेत बताउनुभयो । लामो समयदेखि लथालिङ्ग रहेको चन्द्रनहरलाई सो कार्यालयले विगत दुई बर्ष देखि पुनः निर्माण एवम सुधार गरेको थियो ।
जस्को कारण सप्तरीको सिँचाईमा सुबिधा पुगेको स्थानीय बासिन्दाको भनाई छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij