२०८३ साउन १० आइतबार

अर्थ अभावले मिर्गाैला प्रत्यारोपणमा समस्या

ई आर्थिक    शुक्रबार, असार २३ २०७४
4.1K
Shares
अर्थ अभावले मिर्गाैला प्रत्यारोपणमा समस्या

२३ असार, काठमाडौं । झापा शिवगञ्ज पाँचगाछीकी दुरामती राजवंशीलाई अर्थ अभावमा मिर्गाैला प्रत्यारोपण गर्नमा समस्या परेको छ ।

उनको दुवै मिर्गाैला खराब भएको छ । उहाँका छोरा विश्वनाथले आमालाई मिर्गौला दिने भने तापनि प्रत्यारोषण गर्नका लागि रकम अभाव नै तगारो बनेको छ ।

उहाँले मानव अङ्ग प्रत्यापरोण केन्द्र भक्तपुरमा मिर्गौला प्रत्यारोपण गर्नका लागि रु पाँचदेखि छ लाख चाहिने भए पनि आफूसँग त्यति धेरै रुपैयाँ नभएको बताउनुभयो ।

तीन महिनादेखि बिरामी रहनुभएका दुरामतीको उपचार गाउँघरबाट ऋण सापट लिएर भइरहेको छ । अहिले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचार गराइरहनुभएका दुरामतीको दुई वटै मिर्गौला खराब भएकाले प्रत्यारोपण गराउनुपर्ने चिकित्सक डा नवीन भट्टले बताउनुभयो । उहाँका अनुसार अहिले दुरामतीले डाइलोसिस गराइरहनुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij