२०८३ साउन ११ सोमबार

इराकमा आइएसको गतिविधि बढ्दो, हिंसामा जुन महिनामा मात्र ४११ जना मारिए

ई आर्थिक    आइतबार, असार १८ २०७४
4.2K
Shares
इराकमा आइएसको गतिविधि बढ्दो, हिंसामा जुन महिनामा मात्र ४११ जना मारिए

१८ असार, बगदाद । इराकमा भइरहेको हिंसात्मक द्वन्द्वका क्रममा परी गत जुन महिनामा मात्र कम्तीमा पनि ४११ जनाको मृत्यु भएको छ ।

यस अवधिमा अरु २९४ जना घाइते पनि भएका इराकस्थित राष्ट्रसङ्घीय मिसनका अधिकारीहरुले शनिबार जानकारी दिएका छन् ।
मिसनको कार्यालयद्धारा जारी वक्तव्य र मिसनले सार्वजनिक गरेको तथ्याङ्कमा सुरक्षाकर्मीतर्फ मारिएकाहरुको विवरण भने समावेश नगरिएको स्पष्ट पारिएको हो ।

“हामीले उल्लेख गरेको तथ्याङकमा सुरक्षा निकायतर्फ मारिएकाहरुको विवरण समावेस गरिएको छैन,”– प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै सुरक्षाकर्मीतर्फ मारिएकाहरुको तथ्याङ्क पनि पुष्टि हुन नसकेको अर्को एक समाचारमा जनाइएको छ ।
मारिएका सर्वसाधारणमध्ये अधिकांश इराकको उत्तरी प्रदेश निनेभेहका रहेका छन् । जहाँ २८९ जना मारिएका थिए भने अरु ९३ जना घाइते भएका छन् ।

इराकी सुरक्षाकर्मीहरु र इस्लामिक स्टेट (आइएस) का लडाकूहरुबीच पश्चिम मोसुलमा भएका भिडन्तहरुमा उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

इराकका लागि राष्ट्रसङ्घीय प्रतिनिधि र मिसन प्रमुख जान कुबिसले मोसुलमा भइरहेको द्वन्द्व र आईएस लडाकूहरुको आक्रमणबाट आम नागरिकहरुलाई जोगाउन आह्वान गरेका छन् ।

आतङ्ककारीहरुको समूहले लगातार आम नागरिकहरुलाई नै लक्षित गर्नुका साथै उनीहरुलाई नै ढाल बनाएर अघि सार्ने गरेका अधिकारीहरुको भनाई छ । “आतङ्ककारीहरुले मोसुलमा नागरिकहरुलाई मानव ढाल बनाएका छन्, त्यसैले त्यहाँको सुरक्षा र नागरिकको हित रक्षाका लागि थप चासो राख्नु पर्ने देखिन्छ,”– राष्ट्रसंघीय विशेष प्रतिनिधिले भने ।

इराकका कतिपय उत्तर पश्चिमी क्षेत्र सन् २०१४ जुन देखि नै आइएसको नियन्त्रणमा रहेका छन् । लामो समयदेखिको अस्थीरता र लगातारको हिंसाका कारण यहाँका नागरिकमा अत्यन्तै निराशा देखिन्छ । जसका कारण पनि आइएसका गतिविधिरुमा तीब्रता देखिन्छ । ती भूभाग फिर्ता लिन इराकी सुरक्षा निकायहरुले निकै सङ्घर्ष गरिरहेका छन् । तर सफलता प्राप्त हुन सकिरहेको छैन । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij