२०८३ साउन ९ शनिबार

बिहानी सहकारीको नवौं वाषिर्कोत्सव सम्पन्न

ई आर्थिक    आइतबार, असार १८ २०७४
7.9K
Shares
बिहानी सहकारीको नवौं वाषिर्कोत्सव सम्पन्न

१८ असार, पोखरा । बिहानी बचत तथा ऋण सहकारी संस्थाले स्थापनाको नवौ वाषिर्कोत्सव मनाएको छ। बिहानी सहकारी यसअघि अम्बिका बचत तथा ऋण सहकारी संस्था र परिक्रमा बचत तथा ऋण सहकारी संस्था आपसमा गाभिएर संयुक्त कारोबार थालेपछिको भने पहिलो वाषिर्कोत्सव हो।

वाषिर्कोत्सव अवसरमा संस्थाले सप्ताहव्यापी कार्यक्रम गरी कर्मचारीको क्षमता अभिवृद्धिको लागि तालिम, रक्तदान र विद्यार्थीलाई स्टेशनरी सामग्री वितरणलगायत कार्य गरी वाषिर्कोत्सव मनाएको हो।

वाषिर्कोत्सव अवसरमा विभिन्न विधामा उत्कृष्ठ सेयर सदस्यलाई शनिबार सम्मान गरेको छ। सो अवसरमा एसर्इइमा उत्कृष्ट नतिजा ल्याउने सेयर सदस्यका छोराछोरीमध्ये रुपेश आचार्य र ललिता भुुजेललाई सम्मानपत्र र नगदसहित सम्मान गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij