१७ असार, काठमाण्डाै । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बाल यौन दूराचारको आरोपमा ६३ बर्षीय जर्मन नागरिक अल्बर्ट फ्रेड क्लिनिकेलाई पक्राउ गरेको छ ।
उनले नेपाली नाबालकहरुलाई खानेकुरा र विभिन्न सामान दिई प्रलोभनमा पारी यौन दुराचार गरेको अनुसन्धानले देखाएको छ ।
अल्बर्ट २३ बर्षदेखि नेपाल आउने जाने गरिरहेका थिए । पछिल्लो १५ बर्षयता भने उनी बारम्बार नेपाल, श्रीलंका र भारतको भ्रमण गरिरहेको देखिन्छ ।अाजकाे कान्तिपूर देनिकमा खबर छ ।