२०८३ साउन १० आइतबार

सोलार लिफ्टिङ खानेपानीबाट ३६ घरधुरी लाभान्वित

ई आर्थिक    शुक्रबार, असार १६ २०७४
2.4K
Shares
सोलार लिफ्टिङ खानेपानीबाट ३६ घरधुरी लाभान्वित

१६ असार, वालिङ । स्याङ्जाको वालिङ–४ माझकोटमा सोलार लिफ्टिङ खानेपानी योजनाबाट ३६ घरधुरी लाभान्वित भएका छन् ।

फिनल्याण्ड सरकारको रु १२ लाख, नेपाल सरकारको रु १२ लाख, साबिकको माझकोट शिवालय गाविसको रु दुई लाख ६ हजार र बाँकी स्थानीयवासीको जनश्रमदान गरी कुल रु ३६ लाख नौ हजार २३९ को लागतमा उक्त खानेपानी योजना सम्पन्न भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष टौबहादुर गुरुङले बताउनुभयो ।

चालु आर्थिक वर्षको पुसदेखि निर्माण सुरु गरिएको उक्त योजना छ महिनामा निर्माण सम्पन्न भएको हो । गाउँभन्दा मुनि रहेको ८८ मिटर ठाडो तल रहेको टुकी मुहानबाट सातवटा सोलार प्यानलमार्फत पानी लिफ्ट गरेर घरघरमा खानेपानी वितरण गरिएको हो ।

“गाउँभन्दा मुनि रहेको टुकी मुहानमा छ हजार लिटरको पानी सङ्कलन गर्ने ट्याङ्की निर्माण गरिएको छ”, समितिका अध्यक्ष गुरुङले भन्नुभयो, “गाउँभन्दा माथि आठ हजार लिटर क्षमताको ट्याङ्की निर्माण गरी पानी सङ्कलन गर्ने गरेका छौं ।”

पानीको समस्यामा रहेको उक्त बस्तीमा हाल प्रत्येक घरधुरीमा धारा निर्माण गरी दैनिक छ घन्टा पानी वितरण हुँदै आएको छ । “टाउकोमा नाम्लो, पिठ्यूँमा डोको बोकेर एक गाग्री पानीका लागि आधा घन्टाको समय खर्चनु पथ्र्यो”, स्थानीयवासी तेलमाया गुरुङले भन्नुभयो, “अहिले घरघरमा पानीको सहजता भएसँगै धेरै राहत भएको छ ।”

खानेपानीको मुहान संरक्षण तथा समय समयमा मर्मत सम्भारका लागि कोष खडा गर्न प्रत्येक धारामा मिटर सिस्टम लागू गरिएको अध्यक्ष गुरुङले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij