२०८३ साउन ११ सोमबार

पचास लाख नेपालीका हातमा यन्त्रले पढ्ने एमआरपी

ई आर्थिक    मंगलबार, असार १३ २०७४
4.6K
Shares
पचास लाख नेपालीका हातमा यन्त्रले पढ्ने एमआरपी

१३ असार, काठमाडौँ । झन्डै ५० लाख नेपालीले यन्त्रले पढ्ने राहदानी (एमआरपी) लिएका छन् ।

बितेका साढे छ वर्षमा नेपालीका हातमा राहदानी पुगेका हुन् । सरकारले २०६७ साल पुस ११ गतेदेखि एमआरपी जारी गर्न थालेको हो ।

राहदानी विभागका अनुसार गत जेठ १७ गतेसम्ममा ४८ लाख ४७ हजार ४९९ साधारण, तीन हजार ४९७ कूटनीतिक र १३ हजार ४२३ ‘अफिसिएल’ एमआरपी जारी भइसकेका छन् भने एक हजार ३०८ जनाले यात्रा अनुमति लिएका छन् ।

विभागले राहदानीबाट रु १९ अर्ब २६ करोड ७४ लाख ७८ हजार ३०० राजस्व सङ्कलन गरेको छ । उक्त रकम विदेशस्थित नेपाली नियोग र जिल्ला प्रशासन कार्यालयबाट जारी भएका राहदानीको राजस्वमा समावेश नभएको विभागले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij