२०८३ साउन ११ सोमबार

साउन ११ मा कोरियन भाषा परीक्षाको नतिजा आउने, छुटेकाको परीक्षा असार २१ देखि २९ सम्म हुने

ई आर्थिक    शुक्रबार, असार ९ २०७४
5K
Shares
साउन ११ मा कोरियन भाषा परीक्षाको नतिजा आउने, छुटेकाको परीक्षा असार २१ देखि २९ सम्म हुने

९ असार, काठमाडौं । गलत सूचनाका कारण झण्डै सात सय जना कोरियन भाषा परीक्षा दिनबाट वञ्चितहरुका लागि असार २१ देखि २९ सम्म परीक्षा सञ्चालन गरिने भएको छ ।

गएको जेठ २७ गते २६ नम्बर केन्द्र अर्थात एसियन इन्टिच्युट अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी खुमलटार केन्द्रमा उनीहरु परीक्षा दिन वञ्चित भएका थिए । वञ्चित भएकाहरुको परीक्षा कम्प्युटर मार्फत लिइने भएको छ । कम्प्युटर मार्फत परीक्षा लिइने भएपछि परीक्षा लिन समय लाग्ने एचआरडी कोरिया इपिएस सेन्टर नेपालले जनाएको छ ।

परीक्षा दिन छुटेका र गएको जेठ २७ र २८ गते परीक्षा दिएकाहरुको नतिजा एकै पटक सार्वजनिक गरिने छ । परीक्षाफल साउन ११ गते सार्वजनिक गरिने सेन्टरले जनाएको छ । यसअघि असारको दोश्रो हप्ता नै परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij