२०८३ साउन ११ सोमबार

मलेसियामा अलपत्र २८ नेपालीलाई स्वदेश फर्काइयो, कहाँका को-को छन् ?

ई आर्थिक    सोमबार, असार ५ २०७४
10.3K
Shares
मलेसियामा अलपत्र २८ नेपालीलाई स्वदेश फर्काइयो, कहाँका को-को छन् ?

५ असार, काठमाडौं । मलेसियाको पिनाङगस्थित घरफिर्ति केन्द्रमा अलपत्र परेका २८ नेपाली युवालाई क्वालालामपुरस्थित नेपाली राजदूतावासले स्वदेश फर्काएको छ ।

नेपाली दूतावास मलेसियाकाअनुसार राजदूतावासले आनै पहलमा अलपत्र परेका युवालाई स्वदेश फर्काएको हो । हवाई टिकटको खर्च बेहोर्न नसकी अलपत्र परेका २८ नेपालीलाई नेपाल पठाइएको दूतावासले जनाएको छ ।

नेपाली दूतावासको टोलीले एक साता अघि ती नेपालीसँग पिनाङमा भेट गरेको थियो । दूतावासका अनुसार क्वालालम्पुरमा अलपत्र परेका नेपालीहरुलाई घर फिर्ता पठाउने अभियान निरन्तर रहने जनाएको छ ।

दूतावासकाअनुसार शङ्खलाल गोले पर्सा, मनीराम बेङ्गासी धनुषा, सञ्जयकुमार नेपाली सर्लाही, सनम लिम्बु धनकुटा, दिपेश लिम्बु सुनसरी, राजकुमार राई सुनसरी, सन्तोष अधिकारी कपिलवस्तु, मुकेशराज यादव रौतहट, मनोजकुमार नेपाली सिन्धुली, मनबहादुर तामाङ काभ्रेपलान्चोक, खड्का लिम्बु ताप्लेजुङ, निकेश कार्की काठमाडौँ, विवश राई खोटाङ, मीनप्रसाद डोटेल काभ्रेपलान्चोक, सुदिप तामाङ चितवनलाई फकाईएको छ ।

यस्तै सञ्जय मल्ल रुकुम, राजअलि शाही बाँके जीतनारायण यादव सिराहा, इन्द्रबहादुर सार्की गुल्मी, सन्चबहादुर लिम्बु ताप्लेजुङ, दिपेन्द्रकुमार भण्डारी रुकुम, गर्जेन्द्र घर्ती मगर रोल्पा, टेकबहादुर राप्चा ओअलढुङ्गा, गुलाव चौधरी सुनसरी, भरतबहादुर बुढा मगर दाङ, विदुर कार्की झापा, सञ्जिव बैजु मकवानपुरलाई स्वदेश फर्काइएको दूतावासले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij