२०८३ साउन ११ सोमबार

कविलवस्तुको उम्मेदवारी दर्ता स्थलमा बम विस्फोट, ९ घाइते

ई आर्थिक    आइतबार, असार ४ २०७४
4.1K
Shares
कविलवस्तुको उम्मेदवारी दर्ता स्थलमा बम विस्फोट, ९ घाइते

४ असार, कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका–४ गजेहडामा बम बिस्फोट भएको छ । आइतवार आज नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त प्यानलको उम्मेदवारी दर्ता भइरहेको समयमा विस्फोट भएको हो ।

प्रहरीका अनुसार घटनामा ९ जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था गम्भीर छ । घाइते सबैलाई उपचारका लागि बुटवल पठाइएको जनाएको छ ।

निर्वाचन कार्यालयबाट झण्डै एक किलोमिटरको दूरीमा बम बिस्फोट भएको स्रोतले जनाएको छ । बम कसले पड्काएको भन्ने खुलेको छैन । यस बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij