२०८३ साउन ११ सोमबार

आयात प्रतिस्थापनका लागि जुम्लामा रोपाइँ महोत्सव

ई आर्थिक    आइतबार, असार ४ २०७४
3.7K
Shares
आयात प्रतिस्थापनका लागि जुम्लामा रोपाइँ महोत्सव

४ असार, जुम्ला । ‘स्वस्थ जीवनका लागि एकछाक भात, एकछाक रोटी खाउँ, धान÷चामलको आयात कम गरी परनिर्भरता घटाऔँ’ भन्ने नाराका साथ यहाँ रोपाइँ महोत्सव आयोजना गएिको छ ।

जिल्ला कृषि विकास कार्यालयद्वारा शनिबार तातोपानी गाउँपालिका–५ ऐरेनी ज्यूलामा आयोजित १४ औँ राष्ट्रिय धान दिवसको अवसरमा सो नाराका साथ रोपाइँ महोत्सव गरिएको हो ।

कृषिवस्तुको आयात प्रतिस्थापन गरी रैथानेबालीको जगेर्नाका लागि सन्देश प्रवाह गर्ने उद्देश्यले सो महोत्सव गरिएको जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत बालकराम देवकोटाले बताउनुभयो ।

महोत्सवमा स्थानीय विकास अधिकारी हरिनाराण बेल्बासेले अर्थतन्त्रको महत्वपूर्ण हिस्सा ओगटेको धानबालीको उत्पादकत्व बढाउन ध्यान दिनुपर्ने बताउनुभयो । कृषिमा हाम्रो जीवन निर्भर छ भन्ने कुरा कसैले ध्यान दिन नसकेकाले यो पेसालाई हेला गरिन्छ भन्दै उहाँले कृषकलाई सम्मानयुक्त जीवन जिउने वातावरण राज्यले तयार गर्न सकेमात्र हामी कृषिमा आत्मनिर्भर बन्न सक्ने चर्चा गर्नुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज न्यौपानेले विश्वको सर्वाधिक उचाइमा फल्ने कालीमार्सी धान जुम्लामा पाइनु गर्वको कुरा हो भन्नुभयो । यसको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनका लागि जुम्लीवासी, कृषि बिभाग र नेपाल कृषि अनुसन्धानको प्रमुख दायित्व रहेको उहाँले औँल्याउनुभयो ।

वरिष्ठ कृषि विकास अधिकृत भरतप्रसाद कँडेलले मुलुकमा सबैभन्दा बढी प्रयोगमा आउने धान बाली भएको चर्चा गर्दै नेपालमा कुल उत्पादित एक करोड खाद्य बालीमा धान मात्रै ५० लाख मेट्रिक टन उत्पादन हुने बताउनुभयो । नेपालको कुल क्षेत्रफलमध्ये १५ लाख हेक्टरमा उत्पादन गरिने यो बाली जुम्लामा दुई हजार नौसय ५० हेक्टरमा धानखेती हुँदै आएको छ ।

जुम्लामा कालीमार्सी, चन्दननाथ एक र तीन, लेकाली एक र तीन गरी पाँच जातका धान उत्पादित हुँदै आएको छ जसमा ३० प्रतिशत कालीमार्सी र ७० प्रतिशत उन्नत जातको धानखेती हुन्छ । आडिलो र पौष्टिकतत्वले भरिपूर्ण यो धानको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा जोड दिए जुम्ला आत्मनिर्भर बन्ने देखिन्छ ।

लाम्राका बासिन्दा पूर्णचन्द्र चौलागाईले १२ औँ शताब्दीतिर भारतको काश्मीरबाट ल्याएको कालीमार्सी धानको ऐतिहासिक महत्व छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij