२०८३ साउन ११ सोमबार

निर्वाचनलार्इ मध्यनजर गर्दै बैतडीमा मदिरा सेवन तथा बेचबिखनमा रोक

ई आर्थिक    शुक्रबार, असार २ २०७४
3.5K
Shares
निर्वाचनलार्इ मध्यनजर गर्दै बैतडीमा मदिरा सेवन तथा बेचबिखनमा रोक

२ असार, काठमाडौं । स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै बैतडीमा मदिरा सेवन तथा बेचबिखनमा रोक लगाइने भएको छ । जिल्लामा मदिराले विकृति विसङ्गीत बढ्दै गएकाले असार ५ गतेदेखि मदिरा सेवन तथा विक्री वितरणमा रोक लगाइने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नको लागि असार ५ गतेदेखि २० गतेसम्म जिल्लामा मदिरा विक्री वितरणमा पूर्णतया बन्देज लगाउने पौडेलले बताउनुभयो । जिल्लामा अधिकांश झैझगडा र अपराधजन्य घटना मदिरा सेवनबाट हुने गरेकाले मदिरा विक्री वितरणमा रोक लगाइएको बताइएको छ ।

मदिरा सेवनले चुनावमा असर पर्ने बताउँदै प्रजिअ पौडेलले चुनावलाई धाँधलीरहितरुपमा सम्पन्न गर्नका लागि राजनीतिक दलले पनि साथ दिनुपर्ने बताउनुभएको छ ।

असार ५ गतेदेखि जिल्लाभर मदिरा बेचबिखन र सेवन गर्न नपाइने भएकाले कसैले मदिरा बेचबिखन गरे कानुनबमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij