२०८३ साउन ११ सोमबार

अक्षराङ्कन प्रणालीपछि एसइईको नजितामा सुधार

ई आर्थिक    शुक्रबार, असार २ २०७४
5.6K
Shares
अक्षराङ्कन प्रणालीपछि एसइईको नजितामा सुधार

२ असार, काठमाडौं । अक्षराङ्कन पद्धतिमा प्रकाशित २०७३ को माध्यमिक शिक्षा परीक्षा ९एसइई० को नतिजामा गत वर्षको तुलनामा यस वर्ष बढी विद्यार्थी सफल भएका छन् ।

विद्यार्थीको लब्धाङ्कपत्र ग्रेड सिट मा उत्तीर्ण र अनुत्तीर्ण उल्लेख नभई विषयगत ग्रेड दिइने र समग्रमा स्तरीकृत अङ्क जिपिए दिइने अक्षराङ्कन लेटर ग्रेडिङ का कारण यो सुधार देखिएको हो । ‘अक्षराङ्कन’ लेटर ग्रेडिङ भन्नाले तोकिएको सक्षमताको मूल्याङ्कनपश्चात् विद्यार्थीले हासिल गर्ने सिकाइस्तरलाई अक्षरमा गरिने प्रस्तुति मानिन्छ ।

आज सार्वजनिक नतिजाअनुसार कुल चार लाख ६२ हजार १२६ परीक्षार्थी सहभागी भएकाले चार लाख ४५ हजार ५६४ विद्यार्थीले ‘डी’ ९१ दशमलव ६० ग्रेड हासिल गरी माथिल्लो कक्षामा पढ्न योग्य भएका छन् । गत वर्ष यस ग्रेडसम्म पाउने विद्यार्थीको सङ्ख्या चार लाख २५ हजार ५८२ थियो । त्यसअघिका वर्षको तुलनामा त्यो पनि सुधार हो ।

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्बाट गत २०७२ मङ्सिर २३ मा स्वीकृत भई सोही वर्षको चैत ६ मा पहिलो संशोधन गरी शिक्षामन्त्रीस्तरको निर्णयबाट ‘विद्यालय शिक्षामा अक्षराङ्कन पद्धति, कार्यान्वयन कार्यविधि, २०७२’ लागू भएको थियो । दुई विषयभन्दा बढी विषयमा ‘डी’ भन्दा तल्लो ग्रेड प्राप्त गरेका विद्यार्थीले आफूले चाहेका विषयमा पुनः मूल्याङ्कन गराउन चाहेमा आगामी मूल परीक्षामा सहभागी हुन पाउनेछन् । यसरी मूल्याङ्कन गराउँदा प्राप्त ग्रेड समावेश गरी प्रमाणपत्र तथा लब्धाङ्कपत्र दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij